नेपाल – अमेरिका फिल्म फेस्टिभल सुरु, ३४ फिल्म प्रदर्शन हुने

नेपाल – अमेरिका फिल्म फेस्टिभल सुरु, ३४ फिल्म प्रदर्शन हुने

  • शनिबार, असार १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं, १४ असार । 
नेपाल – अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०१९ आजदेखि अमेरिकाको राजधानी वासिङ्टन डिसी महानगर क्षेत्रको सिल्भरस्प्रिङमा सुरु भएको छ । शनिबार साँझाबाट सुरु भएको फेस्टिभलमा ३४ फिल्म प्रदर्शन हुनेछन् ।
महोत्सवमा नेपाली पानोरामाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनेका नेपाली तथा विदेशी निर्देशकका चलचित्र देखाइने छ भने अन्र्तराष्ट्रिय पानोरामाअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, एनिमेसनका सबै विधका चलचित्र देखाइने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए ।
विनोद पौडेलद्धारा निर्देशित चलचचित्र ‘बुलबुल’ प्रिमियर गरियो । तीन दिन सम्म चल्ने फेस्टिभल प्रविन सेङ्बोद्धारा निर्देशित ‘कथा ७२’ को विषेश प्रदर्शनसँगै समापन गरिनेछ ।
महोत्सवका मानार्थ अध्यक्ष नविन सुब्बाले नेपाली समाजलाई महोत्सवले कसरी जोड्ने भन्ने विषयमा छलफल गर्नेछन् ।
नेपाल अमेरिका फिल्म सोसाइटीद्धारा आयोजिना भएको यो महोत्सवमा नेपालका अन्र्तराष्ट्रिय ख्यातिप्राप्त निर्देशक मिनबहादुर भाम जुरी प्रमुख रहेका छन् भने ‘ल जोला फेसन फिल्म फेस्टिभलकी रेबेका बुस्टामिना र एमी अवार्ड विजेता समेत लेखक तथा निर्मात्री मिमि मचाडो लुसेस् रहेकी छन् ।

महोत्सवको रेडकार्पेटमा चलचित्रकर्मी, चलचित्र पारखी, दर्शक तथा विभिन्न संघसस्थाको व्यक्तित्वका लागि मुख्य आकर्षण बन्यो । महोत्सवमा उत्कृष्ट चलचित्रहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी