तोकिएकै समयमा ‘फास्ट ट्रयाक’ बनाइसक्न संसदीय समितिको निर्देशन

तोकिएकै समयमा ‘फास्ट ट्रयाक’ बनाइसक्न संसदीय समितिको निर्देशन

  • सोमवार, असार ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ, असार ९ ।
संसदीय समितिले काठमाडौ–निजगढ द्रूततमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिले आयोजनाको कामलाई सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारलाई पनि सचेत गराएको छ ।

समितिको आजको बैठकमा आयोजनाका प्रमुख सरदलाल श्रेष्ठले डीपीआर मन्त्रिपरिषद बैठकबाट स्वीकृत नभएकाले आयोजनाको पुल र सुरुङ निमाणको कामलाई बढाउन समस्या भएको जानकारी गराउनु भएको थियो । आयोजनाको पछिल्लो कार्य प्रगति विवरणलाई हेरेपछि समयमै सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।

उहाँले मन्त्रिपरिषद् बैठकमा पेश गरेको आयोजनाको डीपीआर तत्काल स्विकृत गरी नेपाली सेनालाई दिन पनि समितिले सरकारलाई सचेत गराएको बताउनु भयो । बैठकमा समितिका सदस्यहरुले आयोजनाको लागत र समय दुवै बढ्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

समितिका अर्का सदस्य जिपछिरिङ लामाले आयोजनाको काम आगामी ५ वर्ष भित्र पनि सेनाले सम्पन्न गर्न नसक्ने दाबी गर्नु भएको थियो । नेपाली सेनाले सुरुङ निर्माणका कारण आयोजनाको लागत बढ्न सक्ने पनि अनुमान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ