अपघटित अनुहार ! -बलराम तिमिल्सिना

अपघटित अनुहार ! -बलराम तिमिल्सिना

  • शुक्रबार, असार ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

मन लागे पनि नलागे पनि
हामीहरू हेर्न बाध्य छौं
एउटा अपघटित अनुहार !

अपघटित भएपछि हाँसो
अहो !
डरलाग्दो हुने रहेछ
अपघटित भएपछि वाणी
अहो !
घिन लाग्दो हुने रहेछ !

असल असल शब्दहरू पनि
अश्लिल सुनिने रहेछ
हिजोसम्मको प्रिय मान्छे
जव अपघटनको शिकार बन्छ
घिन लाग्दो देखिने रहेछ अनुहार !

देख्न छोडेपछि आँखाले
सुन्न छोडेपछि कानले
सोच्न छोडेपछि दिमागले
मान्छे, मान्छे जस्तै नहुने रहेछ !

एउटा अपघटित मान्छे,
कति क्रुर र रक्तपिपासु हुने रहेछ ?
कति अनैतिक ,
कति आक्रामक र कामातुर हुने रहेछ ?
अपघटित मान्छेसँग
मान्छेको अपेक्षा गर्नु
अहो ! कत्रो ठूलो बालहठ हुने रहेछ ।

देशको राजनीतिक रङ्गमञ्चमा
हिजोआज
तिनै अपघटितहरूको बोलवाला छ
मन लागे पनि नलागे पनि
हामी भोग्न बाध्य छौं
अपघटितहरूको स्वेच्छाचारी शासन !

अपघटितहरूको शासन खप्नु
संसारका सबै यातनाहरू भन्दा कठोर रहेछ !

आँखा चिम्म गरेर बस्दा पनि
घुमिरहेकै छ
एउटा अपघटित अनुहार
र मुसाले जस्तै
टोकिरहेछ मेरो दिमाग !

२०७६|०३|०५
सुवर्ण चोक, भक्तपुर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी