तिम्रो विदाईमा !

तिम्रो विदाईमा !

  • शुक्रबार, जेष्ठ ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

तिम्रो विदाईमा
तिमी थिएनौ
तिम्रो मूर्दा शरीर मात्र थियो
तिम्रो मृत्युपछि
तिनै मानिसहरू आए
तिमी जोसँग दिक्दार थियौ !

तिम्री जीवन सँगिनी
तिम्रा जीवनका सिर्जना पुष्पहरू
तिम्रो सिर्जनाका जोर मुहान
ती हतप्रभ थिए , विक्षिप्त थिए !

तर ती अरु मानिसहरू
तिम्रो लास अघि पनि
सत्ताकै गुणा भागामा थिए
तिम्रो रिक्त स्थानको लागि
कुनै आफन्तको अनुहार सोच्दै थिए !

तिम्रो मरण,
कसैको लागि थियो-
एक इमान्दार जीवन साथीको मृत्यु
कसैको लागि थियो-
एक असल अभिभावकको विदाई
कसैको लागि थियो-
एक योग्य सन्तानको मरण
र कसैको लागि थियो-
एक असल सहयात्रीको वियोग !

तर
तिम्रो लास वरिपरि
जो जो उभिएका थिए साखुल्ले पल्टेर
तिनीहरूको आँखाबाट खसेको
मान्छेको आँसु थिएन
तिनीहरू आएका थिए-
तिम्रो लासमाथि पनि राजनीति गर्न
र अर्को पटकलाई भोट थप्न !

तिमी जति सजिलै गयौ
त्यति नै सजिलै भुल्ने छन् तिनीहरू
भुल्दै नभुल्ने त तिनीहरूले हो-
जसको जीवनको पलपलको लागि
तिमी यथार्थमै गुम्यौ !

प्रिय साथी !
हिजो आज मृत्यु
बर्गीय हुन छोडेको छ
मृत्युको समवेदना
नितान्त पारिवारिक बन्दै छ !

तिम्रो मृत्युपछि पनि
ठीक त्यही भयो
भरे साँझ
उदास उदास आँगन
केवल तिम्रो मात्र हुने छ साथी !

२०७६|०२|३०
सुवर्ण चोक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी