इटहरी, २८ जेठ ।
पत्रकार महासंघ प्रदेश १ कमिटीद्वारा गठित मोहनकाजी न्यौपानेको संयोजकत्वकाे मिसन टोलीले इटहरी र धरानमा भएका पत्रकारसँग सम्बिन्धत घटनाहरुको अध्ययन गरी तयार पारेकेा प्रतिवेदन बुझाएको छ । पत्रकारले रिपोर्टिङ गर्दा र अन्तरवार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्यादित र पूर्वाग्रही प्रश्न गर्नु नहुने र पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुनुपर्ने सुझावसहित मिसन टाेलीले मंगलवार पतिबेदन बुझाएकाे हाे ।
मिसन टोलीको निश्कर्षको तेस्रो नम्बर बुँदामा मेयरलाई उत्तेजित पार्नु पत्रकारको गल्ती भएकाे औल्याइएकाे छ । उक्त बुदामा भनिएकाे छ, पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो । साथै पत्रकार विराट अनुपमले पटक–पटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुप्रै पाइयो ।’
विभिन्न समयमा कतिपय पत्रकारले आचार संहिता र पेशागत मर्यादा पालन नगर्दा समग्र पत्रकारिता जगत नै आलोचित भइरहेको भन्दै मिसनले पत्रकार महासंघले जिल्ला शाखामा गुनासो सुनुवाई शाखा निर्माण गर्न सुझाव समेत दिएको छ ।
यस्तै प्रतिवेदनमा इटहरी उपमहानगरपाकिलाका मेयर द्वारिकलाल चौधरीले आफूबाट गल्ती भएको भए कान समातेर उठबस गर्न तयार रहेको बताएपनि उल्लेख छ । अनुगमनका क्रममा मिसन टोलीले मेयर चौधरीसँग पनि भेट गरेको थियो । मिसनले मेयरको समेत कमजोरी देखाएकाे हाे ।
चौधरीसँग भएको छलफल उधृत गर्दै मिसनको प्रतिवेदनको सारांशमा भनिएको छ, ‘द्वारिकलाल चौधरीले पत्रकार र प्रेस जगतप्रति गलत अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यसमा आफू सच्चिन तयार रहेकाले सार्वजनिक स्थलमा गएर कान समातेर सय पटक उठबस गर्न पनि तयार रहेको बताएका छन् ।’
यस्ताे छ प्रतिवेदन
