‘र पनि बाँचेको जिन्दगी’

‘र पनि बाँचेको जिन्दगी’

  • मङ्लबार, जेष्ठ २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

यहाँ रक्त पिपासुहरुको सङ्ख्या बढिरहेछ
तर पनि म
ती पिपासुहरु छिचोल्दै अघि बढिरहेछु…..
भस्मकारीहरुको भिड,अरुलाई भस्म गर्न खोजिरहेछ
तर पनि म
ती भिड नै छिचोली हिँडिरहेछु…..
कसलाई के थाहा जीवन के हो?
जब मरणको दोसाँधमा पुगेर मान्छेहरु
सुख दु:खका कुरा बाँडिरहेका हुन्छन्
तब थाहा हुन्छ कि….
जीवन यस्तो पो रहेछ भनेर…
कुलवन्तको राज चल्छ जहाँ
निठुर्‍याइँहरु धप्धप्ती बलिरहेछ
कङ्कालहरुलाई जलाइरहेछ
तर पनि म
कुलवन्त, निठुर्‍याइँहरुलाई छिचोल्दै
साहसका साथ हिँडिरहेछु…..
दीपिकाको उज्यालोले सन्सार हेर्न चाहनेहरु
छल कपटमा परिरहेछ
तर पनि म
छल कपटको दुनियाँ नै छिचोली
धित मर्ने गरि सन्सार हेरि रहेछु…..
कुलवान्हरुलाई के थाहा
जीवन के हो?
अनि
जीवन कति अमुल्य रहेको छ?
उनीहरु त केवल
परस्व हडपि अधीश्वर बन्न चाहन्छन्
तर पनि म
हार नमानी आफ्नो पाइला चालिरहेछु
ती पिपासु,भस्मकारी,कुलवन्त, निठुर्‍याइँ
अनि
छल कपटकै दुनियाँमा
हाँसीहाँसी रमाइरहेछु…..

-हिमाल स्याङ्तान ‘दीप’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी