सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम तेस्रो र आयुष चौथो भए

सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम तेस्रो र आयुष चौथो भए

  • सोमवार, जेष्ठ २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, २७ जेठ। भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भएका छन् ।
जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य तेस्रो र अर्का नेपाली बालक केसी चौथो भएका छन् ।

फाइनलमा पुगेका ६ जनामध्ये सुगन्धा दातेले उपाधि जितेकी छन् । त्यसैगरी मोहम्मद कैफ दोस्रो भएका छन् ।
लिटिल च्याम्सको शीर्ष ६ मा पर्दै तेस्रो भएका ११ वर्षीय आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका ५ का हुन् । अर्का नेपाली बालक केसी भने भक्तपुरका हुन् ।

प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी रियालिटी शो को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई बालकले ग्रान्ड फिनालेमा निर्णायक र पाहुनाहरुको मन भने जित्न सफल भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी