गायक सुरेनले ल्याए ‘पिरती लरी लै’

गायक सुरेनले ल्याए ‘पिरती लरी लै’

  • शनिबार, जेष्ठ २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं । उदियमान गायक सुरेन गौतमले ‘पिरती लरी लै’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीत विष्णु हरि तिमिल्सिनाको शब्द तथा सुरेन गौतम र विक्रम थापाले संयुक्तरुपमा कम्पोज गरेका हुन् ।

गीतमा संगितकार दिनेश श्रेष्ठले कर्णप्रिय संगीत भरेका छन् । संजय गौतमले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उत्सव दाहालले छायाकंन गरेका हुन् ।
टेकेन्द्र शाहले सम्पादन गरेका म्युजिक भिडियोमा बुगी–उगी विजेता कविता नेपाली र अर्जुन गौतमको अभिनय रहेको छ । गायक गौतमले यसअघि प्रनभ नामक सांगीतिक एल्बम बजारमा ल्याएका थिए ।

हाल सार्वजनिक गरिएको गीत उनको दोश्रो एल्बम ‘शुभ जीवन’मा समावेश छ । ‘गीत र म्युजिक भिडियो दुवै अत्यन्त आकर्षक बनेको छ र दर्शक श्रोता हरुको मन जित्नेमा दुइमत छैन’, गायक गौतमले भने । नयाँ भएपनि निर्देशक संजय गौतमले यस भिडियोमा मार्फत आफ्नो निर्देशकीय क्षमता प्रदर्शन गरेका छन् ।

https://youtu.be/yRdzmLwOhDo

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी