एक ‘गृहिणी’को बकपत्र

एक ‘गृहिणी’को बकपत्र

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

–खोमा तरामु मगर
……………..
मलाई कसले भन्छ ?
पुरुषको एउटी ‘भोग्या’
विलासिताकी एउटी ‘दासी’
होर्डिङ बोर्डमा
टाँसिने कथित सौन्दर्यकी ‘विज्ञापन’
हाटबजारमा क्रय विक्रय हुने ‘वस्तु’
एक पुरुषको ‘अर्धाङ्गिनी’
वैंश वासनाकी ‘उन्माद र उत्तेजना’
अर्थात्, सजाएर खेलाइने ‘पुतली’
……… आदि/आदि

कवि जी !
के मेरो परिचय यस्तै–यस्तै हो ?
के म अवला हुँ ?

ए, हिंसाका पुजारीहरु हो !
ए, आफुलाई पुरुषत्वका पौरख ठान्ने
निर्जीव मान्छेहरु हो !
पढ ! मेरो इतिहासको कथा
म हुँ –
–तिनाउका उष्ण हवनकुण्डमा
उभिएकी एउटी अग्निशिखा
–झुपडीमा उज्यालो जन्माउने स्रष्टा
–हुरीमा निर्भय उभिएकी वीरङ्गना
र, म हुँ–
युग बदल्ने अपराजिता जिजीबिषा ।
०००

जेठ २४, ०७६ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी