‘नेपाल–गाथा’ गीतिनाटक मञ्चन हुने

‘नेपाल–गाथा’ गीतिनाटक मञ्चन हुने

  • आइतवार, जेष्ठ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

नेपालको समग्र गौरवगाथा समेटिएको ऐतिहासिक गीति नाटक ‘गौरव–गाथा’ जेठ २० गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा मञ्चन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थिति रहने नाटक प्रदीप ज्ञवालीले लेखेका हुन् भने सह–लेखन डा. देवी नेपालको रहेको छ । गीति नाटकमा प्रसिद्ध सङ्गीतकार एवम् प्राज्ञ अशोक लोहोरुङ राईले सङ्गीत दिएका छन् ।
वीरेन्द्र हमालको निर्देशन रहने नाटकमा गोरन चौधरीको नृत्य निर्देशन रहेको छ । नाटक सांस्कृतिक संस्थानद्वारा प्रस्तुत हुने जनाइएको छ । जेठ २० गते मञ्चन आरम्भ हुने नाटक त्यपछि नियमित मञ्चन हुने सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले बताएका छन् ।
‘नेपाल–गाथा’ गीति नाटकमा राष्ट्रवन्दना, बुद्ध सन्देश, नेपालको एकीकरण, नालापानीको युद्ध, योगमाया विद्रोह, गङ्गालालको सहादत, नयाँ अरुणोदय, रामप्रसाद राई र पूर्व विद्रोह, किसान आन्दोलन, भीमदत्तको विद्रोह, वीपी र जननिर्वाचित सरकार, पञ्चायती कालरात्रि, सुखानी काण्ड, रत्न बान्वतवाको सहादत र छिन्ताङ–पिस्कर हत्याकाण्ड,  ४६ को जनआन्दोलन, मदन भण्डारी व्यक्तिचित्र, दासढुङ्गाकाण्ड, जनताको नौ महिने सरकार, सशस्त्र द्वन्द्व, जनक्रान्ति र गणतन्त्र स्थापना, विनासकारी भुइँचालो र समाजवादी सपना गरी २२ खण्डहरू रहेको सङ्गीतकार राईले बताए ।   

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी