सामाजिक सञ्जालहरुमा सञ्चारकर्मी्विरुद्ध भइरहेका नकारात्मक टिप्पणीप्रति महासंघको ध्यानाकर्षण

सामाजिक सञ्जालहरुमा सञ्चारकर्मी्विरुद्ध भइरहेका नकारात्मक टिप्पणीप्रति महासंघको ध्यानाकर्षण

  • आइतवार, जेष्ठ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौ, जेठ १९ ।
नेपाल पत्रकार महासंघले सञ्चारकर्मी्विरुद्ध सामाजिक सञ्जालहरुमा भइरहेका नकारात्मक टिका–टिप्पणी र पोष्ट गरिएका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

आज विज्ञप्ति जारी गर्दै महासंघले सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा सञ्चारकर्मीहरुप्रति नकारात्मक धारणा फैलाउने, घृणा पैदा गर्ने, कार्य सम्पादनमा हतोत्साही बनाउने र असुरक्षित बनाउने ठहर गरेको जनाएको छ ।

महासंघ आफैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएको तर सामाजिक सञ्जालमा सञ्चारकर्मीहरु विरुद्ध आएका सामग्रीहरु अभिव्यक्ति स्वतन्त्रता मात्रै हो भनेर मान्न सकिने किसिमका नभएको महासंघले जनाएको छ ।

महासंघले ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालको दुरुपयोग गरी सार्वजनिक गरिएका सामग्री अभिव्यक्ति स्वतन्त्रताको उपभोग मात्रै हो भनेर मान्न नसकिने भन्दै शाहीको अभिव्यक्तिले कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको आत्म सम्मानमा चोट पुग्नुका साथै असुरक्षा पैदा गराएको विज्ञप्तिमा उल्लेख छ ।

यसै प्रकरणसँग जोडेर नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, सुर्खेत जिल्ला अध्यक्ष गणेशकञ्चन भारती र पत्रकारद्वय नगेन्द्र उपाध्याय तथा शेरबहादुर थापाको चरित्र हत्या हुनेगरी सामाजिक सञ्जालमा गरिएको टिकाटिप्पणी र धम्कीप्रति महासंघ निन्दा गर्दै यस्ता कार्य नगर्न चेतावनी पनि दिएको छ ।

महासंघ कानुनी राज्यको वकालत गर्ने संस्था भएकोले अदालत र कानुनको उच्च सम्मान गर्ने स्पष्ट पार्दै समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मी्विरुद्ध सामाजिक सञ्जालको माध्यमबाट अफवाह फैलाउनेहरु विरुद्ध कानुनी कारबाही गर्न र सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन पनि महासंघले सम्बन्धित निकायसमक्ष जोडदार माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ