शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ८.३९ अङ्कले बढ्यो

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ८.३९ अङ्कले बढ्यो

  • बुधबार, जेष्ठ १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, १५ जेठ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ८.३९ अङ्कले बढेको छ। नेप्से परिसूचक आठ अङ्कले बढेर एक हजार ३१३.८८ बिन्दुमा पुगेको हो। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.११ बिन्दुले बढेर २७९.९२ अङ्कमा पुगेको छ।

स्टकका अनुसार कूल १७३ कम्पनीको २६ लाख २७८ हजार ४२० कित्ता शेयर ९० करोड आठ लाख पाँच हजार ९६० मूल्यमा खरीद बिक्री भए।

कारोवार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयरमा वृद्धि भएको छ। व्यापार २.७९ र जीवन बीमा ६०.२४ बिन्दुले घटेको छ। यस्तै बैंकिङ ७.०७, होटल ५.०२, विकास बैंक ७.५९, जलविद्युत् २७.५९, वित्त ७.९१, निर्जीवन बीमा १०.८३, उत्पादन १००.४६, अन्य २.४२, लघुवित्त ७.४५ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेका छन्।

स्टकका अनुसार शिवम् सिमेन्टको रु २० करोड ४० लाख ६८ हजार ४७१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै प्रभु बैंकको रु आठ करोड ४३ लाख ३३ हजार २६८, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी  आठ करोड १५ लाख ६७ हजार २७, नेपाल बैंक लिमिटेड रु तीन करोड ७४ लाख ६० हजार १९१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार हिमालयन डिस्टिलरी ९.९६, स्पर्श लघुवित्त वित्तीय संस्था ९.९४, हिमालयन ऊर्जा विकास कम्पनी ९.७७, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ७.६३ र माउण्टेन हाइड्रोका शेयरधनीले ७.१४ प्रतिशतले कमाए । त्यस्तै जोशी हाइड्रोपावर ९.६१, युनाइटेड मोदी ४.८०, ज्योति विकास बैंक ४.२४, लाइफ इन्स्योरेन्स कम्पनी ४.२० र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले ३.३३ प्रतिशतले गुमाए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ