भूकम्पपछि बन्द रहेको तातोपानी नाका चार वर्षपछि सन्चालनमा

भूकम्पपछि बन्द रहेको तातोपानी नाका चार वर्षपछि सन्चालनमा

  • बुधबार, जेष्ठ १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, १५ जेठ ।

१२ वैशाख ०७२ को भूकम्पपछि बन्द रहेको नेपाल–चीनको मुख्य नाका तातोपानी चार वर्षपछि आजदेखि औपचारीक रुपमा सन्चालनमा आउँदैछ । भूकम्प र २१ असार ०७३ को भोटेकोसी बाढीले क्षतिग्रस्त मितेरी पुल, लार्चा्स्थित सुक्खा बन्दरगाह र कोदारी सडक चीनले पुनर्निर्माण गरिदिएपछि नाका खुल्ने भएको हो ।

आज नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, चिनियाँ राजदूत होउ यान्छी र तिब्बत सरकारका प्रतिनिधिको उपस्थितिमा नाकाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

भूकम्पलगत्तै बन्द गरिएको नाका खासामा अड्किएका नेपाली व्यापारीका तीन सयभन्दा बढी कन्टेनर नेपाल पठाउन ०७२ साल साउन १५ मा एक साताका लागि नाका खुला गरिएको थियो ।

नाका सञ्चालनका लागि अध्यागमन, भन्सार र क्वारेन्टाइनका कर्मचारी पूर्ववत् काममा खटिसकेका छन् । तत्काल परीक्षणका रूपमा नाका सञ्चालन गरिने छ । नाका खुलेपछि सीमाक्षेत्रका बासिन्दा उत्साही भएका छन् ।

नाका सन्चालनमा आउने भएपछि नेपालका लागि चिनियाँ राजदूत हउ याङ्छीले निरीक्षण समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ