काठमाडौं, १४ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का नेता एर्व पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’को लाई गैरन्यायिक तवरले प्रहरीले हिरासतमा थुनामा राखेको भन्दै रिहाईको माग सहित सर्वोच्च अदालतका दायर बन्दी प्रत्यक्षीरण रिट निवेदनमाथिको सुनुवाई रोक्यारोक्यै भएको छ ।
बन्दी झिकाउने वा नझिकाउने भन्ने विषयमा गत मंगलबार भएको बहसपछिको जीवन्तलाई ४ दिनभित्र गिरप्mतार गर्नुको आधार र कारण लिखित कारणसहित बन्दीलाई सर्वोच्चमा अदालतमा पेश गर्नु भनी दिएको आदेशको पालना नहुँदा नेता जीवन्त थुनाबारे टुंगो लाग्न सकेको छैन । रिट निवेदन पत्नी मोहनकुमारी कार्कीले दायर गरेकी थिइन् । रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, सुनसरी जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतलगायतलाई विपक्षी बनाइएको छ । आजको लागि तोकिएको सुनुवाई पनि मिसिल नआइपुग्दा रोकिएको छ।
बैशाख ३० गते सर्वोच्च अदालत गेटबाटै पुनः गिरफ्तार गरी सुनसरीको धरानमा प्रहरी हिरासतमा राखिँदै आएका जीवन्तलाई रिट सुनुवाईकै लागि गत बिहीबार काठमाडौं ल्याइसकिएको छ । त्यसबेला देखिनै टेकु परिसरको हिरासतमा राखिएका छन् । जिल्ला अदालत सुनसरीले बन्दी जीवन्तको मिसिल उप्लब्ध नगराउँदा रिटमाथि सुनुवाई हुन नसकेको हो ।
लिखित जवाफसहित बन्दी सर्वोच्चमा पेश गर्न आदेशले दिइएको समयसीमा सकेर थप पाँच दिन गुज्रिसकेको छ । जीवन्तमाथि हातहतियार, संगठित अपराध, विष्फोटलगायत कसुरको अभियोग लगाइएको छ । गत चैत १ गते ललितपुरको च्यासलबाट गिरफ्तार भएका ने.क.पा.का जनवर्गीय संगठन ईन्चार्ज समेत रहेका नेता जीवन्तलाई त्यसयता मात्र पुनः दुई पटक गिरफ्तार गरिसकेको छ ।