तयार भयो लोकसेवाको नयाँ पाठ्यक्रम, यसरी गर्नुहोस् परिक्षाको तयारी

तयार भयो लोकसेवाको नयाँ पाठ्यक्रम, यसरी गर्नुहोस् परिक्षाको तयारी

  • मङ्लबार, जेष्ठ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं ।  लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो ।

मुलुक संघीय संरचनामा गएसँगै आयोगले संघीय संरचनाअनुरूपको पाठ्यक्रम बनाई लागू गरेको हो । आयोगले पहिले भएका पाठ्यक्रममा परिमार्जनसहितको नयाँ पाठ्यक्रम तयार पारेको जनाएको छ ।
आयोगले स्थानीय तहमा आवश्यक पदपूर्तिका लागि आवश्यकताअनुरूप यसअघि केन्द्रीय संरचनाअनुरूपको पाठ्यक्रम तयार पार्ने गरेकोमा हाल त्यसलाई परिमार्जन गरी विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पाठ्यक्रम तयार पारेको हो ।
आयोगले प्रत्येक पदका लागि अलगअलग पाठ्यक्रम रहेको जानकारी गराएको छ । आयोगले भोलि बुधबार ८ हजारभन्दा बढी नयाँ कर्मचारी भर्नाको तयारी खुलाउने गरी सोका लागि आवश्यक पाठ्यक्रम तयार पारेको हो ।
स्थानीय तहले १४ हजार ५ सय कर्मचारी आवश्यक रहेको विवरण पठाएको भएता पनि तत्काल ८ हजार बढीको संख्यामा भर्ना आह्वान गरिने र बाँकीको व्यवस्थापन क्रमशः बढुवा, आन्तरिक प्रतिस्पर्धा तथा नयाँ भर्ना प्रक्रियाद्वारा पूर्ति गर्दै जाने योजना रहेको छ ।

कर्मचारी समायोजनपछि केन्द्र, प्रदेश र स्थानीय तहमा ३२ हजार कर्मचारी माग रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकले देखाउँछ । बाँकी भने प्रक्रियामा रहेको प्रदेश लोकसेवा आयोग गठन गरेर गरिने बताइएको छ ।-राजधानी दैनीकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी