सेयर खरिद-बिक्रीको सेटलमेन्ट एक दिनमा सम्पन्न गर्ने प्रस्ताव

सेयर खरिद-बिक्रीको सेटलमेन्ट एक दिनमा सम्पन्न गर्ने प्रस्ताव

  • मङ्लबार, जेष्ठ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

७ जेठ, काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले सेयर खरिद-बिक्रीको सेटलमेन्ट एक दिनमा सम्पन्न गर्ने प्रस्ताव गरेको छ । प्रस्ताव कार्यान्वयनमा आए लगानीकर्तासँग नगद साथमा नभए सेयर खरिद गर्न सकिने छैन ।

अहिले सेयर खरिद-बिक्रीको सेटलमेन्ट तीन कार्य दिनमा रहेकाेमा अर्थमन्त्रालयको सहमतिमा धितोपत्र बोर्डले यसलाई एक दिनमा झार्ने प्रस्ताव अघि सारेको बताइएकाे छ । हाल ‘टी प्लस थ्री’ रहेको सेटलमेन्ट प्रक्रियालाई ‘टी प्लस वान’ मा झार्ने विषयमा छलफल गर्न धितोपत्र बोर्डले नेप्सेलाई केही समयअघि पत्र लेखेको थियो । बोर्डको पत्रका आधारमा अध्यययन गर्न नेप्सेले बनाएको एक समितिले सो सम्बन्धमा छलफल सुरु गरेको हो ।

लगानीकर्ताका प्रतिनिधिले नेप्सेको अनलाइन प्रणालीमा लगानीकर्ता अभ्यस्त भइनसकेकाले तत्काल एकै दिनको सेटलमेन्टले बजार प्रभावित बन्ने धारणा राखेका थिए

सोही पत्रको आधारमा नेप्सेले सीडीएससी एण्ड क्लेयरिङ र लगानीकर्तासँग छलफल पनि सुरु गरिसकेको छ । सोमबार नेप्सेमा भएको त्रिपक्षीय बैठकमा एक दिनमा कसरी सेटलमेन्ट गर्न सकिन्छ भन्नेबारे गहन छलफल भएको बताइएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी