समृद्धिको नारा र स्वास्थ्य क्षेत्रका समस्या

समृद्धिको नारा र स्वास्थ्य क्षेत्रका समस्या

  • शुक्रबार, बैशाख २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

-अम्बिका पाठक

संविधानमा स्वास्थ्यलाई आधारभूत र मौलिक अधिकार भनिएको छ तर त्यसविरुद्ध व्यवहार भएको छ । सरकारले बजेट खर्च गर्न नसकेर फ्रिज भएको छ । भ्रष्टाचारले आकाश छोएको छ । जहाँ जाउ स्वास्थ्य स्वास्थ्यमा भ्रस्टाचार, शिक्षामा भ्रस्टाचार,अदालतमा भ्रस्टाचार,मालपोतमा भ्रस्टाचार,वकिलमा भ्रस्टाचार,न्यादिसमा भ्रस्टाचार,छ। सामान्य मान्छेले आफ्नो जीविकाेपार्जन गर्न पनि नसक्ने भैसकेको छ नेपालमा। नेता र कर्मचारीको सेवा प्रधान गर्न बजेट छैन भन्ने मन्त्रिको धारणा जिम्मेवारी पूर्ण छैन। मूल नै सफा छैन सिंह दरबारका शासकहरु सबै भ्रस्ट भए सिंहदरबारबाट गाउँ गाउँ सम्म भ्रस्टाचार छ। जहाँ बिकृति त्यहाँ बिद्राेह अवश्य हुन्छ ।

संयुक्त राष्ट्रसङ्घ मातहतको विश्व स्वास्थ्य सङ्गठनले हरेक लोकतान्त्रिक सरकारले स्वास्थ्य सेवामा जम्मा बजेटको न्यूनतम् १० प्रतिशत बजेट छुट्ट्याउनुपर्ने प्रावधान राखेको छ । जनस्वास्थ्य सङ्गठनले सरकारले स्वास्थ्य सेवामा बजेटको न्यूनतम् १० प्रतिशत जनस्वास्थ्यमा खर्च गर्नुपर्ने मान्यता राखी माग पनि गरेको छ तर सरकारले ४ प्रतिशत मात्र छुट्ट्याएको छ । यसबाट सरकार जनस्वास्थ्यप्रति कति गैरजिमेवार छ भन्ने थाहा हुन्छ । यस्तो अवस्थामा आमजनताको स्वास्थ्य सुरक्षाको अधिकार कसरी कायम हुन्छ ? समृद्धि र कम्युनिस्ट शासन यही हो ? जबसम्म यो देशमा भ्रष्टाचार नियन्त्रण हुँदैन तबसम्म देशको विकास पनि हुन सक्दैन । हँसिया–हथौडाको झन्डा बोकेर म कम्युनिस्ट हुँ भन्न पनि अलिकति लाज लाग्दैन । हुनत यिनलाई नेपाली माटोको के माया ? नेपाली आमालाई बेलाबेलामा बलात्कार गरी नै रहेका छन् । गधालाई गाई बनाएर पुज्छन् झोलेहरू । जनताको घरमा आज सिटामोल छैन । गाँसबास छैन । चारैतिर भ्रष्टाचार झाँगिएको छ । जबसम्म पुरानो पद्धति बदलिँदैन तबसम्म यी दलाल शासकहरू झाङ्गिँदै जान्छन् । जबसम्म यो देशमा दलाल पुँजीवादको अन्त्य हुँदैन तबसम्म यो देशमा शान्ति र समृद्धि हँुदैन । भारतले रोक लगाएका ३७ कम्पनी फार्मेसी गुणस्तरहीन औषधी नेपालमा आइराखेका छन् । त्यसको अनुगमन खै ? त्यो कसले गर्ने ? मान्छेहरू गाउँगाउँबाट उपचारका लागि सहरमा आइपुग्छन् । अस्पताल काल्पनै गर्न नसक्ने महँगो छ । उपचार गर्न नसकेर बीचैमा हिँड्नुपर्ने अवस्था छ । यो दलाल पुँजीवादी शासकहरूको व्यवस्थाले गरिब जनताको ढाड सेकिएको छ । जता गयो शुल्क, जता गयो शुल्क । यो दलाल सरकारदेखि कोही सन्तुष्ट छैनन् । यो सरकार कुहिएको गोबरको थुप्रोजस्तै भएको छ । बिखर्ची हुनुपर्ने अवस्था छ । गत वर्ष उपचार खर्च खोज्न नसकेर शिक्षण अस्पताल महाराजगन्जमा एकजना बिरामी कुरुवाले आत्महत्या गरेका थिए । त्यस्तो अवस्था नागरिकको छ । संविधानमा भने ‘सबै नागरिकलाई प्राथमिक उपचारको हक हुनेछ भनिएको छ । संविधानमा लेखेर, भाषण गरेर मात्रै हुन्छ त ?

स्वास्थ्य मन्त्रालयले गएको वर्ष नै नेपाल आत्मनिर्भर भएका २० थरीका औषधीहरू बाहिरबाट मगाउन नपाउने भन्थ्यो तर चीन, भारत, बेल्जियमबाट आएकै छन् । हरेक वर्ष बच्चा पाउने १ लाख आमामध्ये १ सय ३९ जनाको मृत्यु हुनुमा यस्तो कमसल र महँगो स्वास्थ्य जिम्मेवार छ ।

दूषित हावापानी र खानेकुराको बिगबिगी छ । भारतबाट नेपाल निर्यात गर्ने उद्देस्यले फर्मालिन हालेका माछा र मापदण्डभन्दा बढी विषादी प्रयोग गरेका फलफूल–तरकारी निर्बाध नेपाल भित्रिन्छन् । सरकारले त्यसलाई रोक्न सकेको छैन । चोरी निकासीका औषधी कमिसनको खेलमा गुणस्तरहीन औषधी पसलपसलमा पुगेका छन् । यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयको स्वच्छ नेपाल, स्वस्थ नेपालीको नारा पञ्चायती व्यवस्थाको गाउँ फर्क अभियानजस्तै हाँसोलाग्दो भएको छ ।

स्वास्थ्य क्षेत्रमा प्रशासन र प्राविधिक क्षेत्रका कर्मचारी, डाक्टरहरूको अवस्था उस्तै दयनीय छ । काम धेरै गर्नुपर्ने, सुविधा बाँच्न पुग्नेसम्म हुँदैन । चरम श्रमशोषण हुन्छ । बोल्यो वा आवाज उठायो भने जागिर जान्छ । रोजगार सुरक्षित छैन । ठेक्का प्रथा छ । आम नागरिकले स्वास्थ्य सेवा नपाउने, श्रमिकले न्यूनतम् सुविधा नपाउने देशलाई समृद्ध देश भन्न सकिन्छ ? के यही हो कम्युनिस्ट व्यवस्था ? म त भन्छु अहिलेको दलाल सरकार तानाशाह र भ्रष्ट सरकार हो । अहिलेको दलाल सरकार भनेकै एउटा रित्तो भाँडो हो । नैतिक विचलन भएको सरकार र राजनीतिक भिकारी दलाल पुँजीवादी व्यवस्था के कम्युनिस्ट हुन सक्छ ?

सांसदहरूकै केही गुनासो हेर्दा स्थिति स्पष्ट हुन्छ । एकजना जनप्रतिनिधिले पाल्पा जिल्ला अस्पतालमा १ वर्ष देखि रुई र सुईसमेत उपलब्ध नभएको दुखेसो गरिन् । गुल्मी जिल्ला अस्पतालमा आकस्मिक बाहन छैन । तर सरकार भने समृद्धिको नारा लगाइरहेको छ । काठमाडौँको सीमा जोडिएका जिल्लामा दरबन्दी भएका मध्ये ५० प्रतिशत पनि कार्यरत छैनन् ।

कुराले विकास हुँदैन पहिला मुहान सफा हुनुपर्छ । अनि सबै सफा हुन्छ । मस्तिष्कको सफ्टवेर बदलौँ । हाम्रो गिदीभित्र ४ वटा स्वास्नी ल्याउने, धन कमाउने, रातभर रक्सी खाने अनि उज्यालो हुँदा प्रहसन देखाउने दुईचारजना झोलेहरूले ताली पड्काउँदैमा समृद्ध नेपाल बन्दैन । यो दलाल सरकारले धनका लागि आफ्ना आमा पनि बेच्छन् होला । भ्रष्टहरूको जालो माथिदेखि तलसम्म छ । साँचो वा मेसिन जस्तो छ उत्पादन पनि त्यस्तै भयो । हामी धतुरो रोपेर गुलाबको आस गरिरहेका छौँ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी