वृद्धि शुल्क खारेज गर्न कैलालीका निजी विद्यालयलाई अखिल (क्रान्तिकारी)को दस दिने अल्टिमेटम

वृद्धि शुल्क खारेज गर्न कैलालीका निजी विद्यालयलाई अखिल (क्रान्तिकारी)को दस दिने अल्टिमेटम

  • बुधबार, बैशाख ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

काठमाडौं, ११ बैशाख ।
अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले निजी र सामुदायिक विद्यालयलाई हालै गरिएको शुल्क वृद्धि फिर्ता लिएर विगतका सहमति कार्यान्वयन गर्न दस दिनको समयसीमा (अल्टिमेटम) दिएको छ ।
बुधबार अखिल क्रान्तिकारी कैलाली समितिले जिल्लाका सबै स्थानीय तह र शिक्षा समन्वय ईकाई समिति प्रमुखलाई ८ बुँदे मागपत्र बुझाएको छ । समितिका अध्यक्ष बबरजंग सिंहसहित टोलीले मागपत्र बुझाएको हो । हालै मात्र निजी विद्यालयहरुले ३० प्रतिशतसम्म शुल्क बढाएको, पठनपाठनमा विभेद गरेको र टाई, बेल्ट र पोशाकमा एकलौटी वितरण गरी चर्को रकम असुलेको भन्दै तत्काल रोक्न मागपत्रमार्फत चेतावनी दिइएको छ ।


त्यस्तै सामुदायिक विद्यालयहरुले राजनीतिक भागबण्डामा शिक्षक दरबन्दी नियुक्ति गर्ने र आनश्वयक शीर्षक सिर्जना गरी विद्यार्थीबाट चर्को रकम उठाइरहेको भन्दै विरोध गरेको छ । सबैखाले हर्कत बन्द गरी विद्यार्थीलाई निशुल्क रुपमा शिक्षा हासिल गर्न पाउने मौलिक अधिकार उपभोग गर्न दिन सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।
हेर्नुस् मागपत्रः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी