‘कामसूत्र थ्रीडी’ की अभिनेत्री सायरा खानकाे मृत्यु, कसैले दिएनन् समवेदना !

‘कामसूत्र थ्रीडी’ की अभिनेत्री सायरा खानकाे मृत्यु, कसैले दिएनन् समवेदना !

  • आइतवार, बैशाख ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.7K
    SHARES

सिनेमा जगतकाे सबैभन्दा चर्चित फिल्म ‘कामसूत्र थ्रीडी’ की अभिनेत्री सायरा खानको शुक्रबार निधन भएकाे छ । कामसूत्र थ्रीडी का निर्माता रुपेश पलले आफू सायराको निधनमा निकै आघात भएको बताए । वेबसाइट ग्ल्यामश्यामको रिपोर्टका अनुसार सायराको निधन हृदयघातका कारण भएको हो ।

सायराको निधनमा उनले वेबसाइटसँग कुरा गर्दै आफूले यस्तो होला भनेर कहिले पनि नसोचेको बताए ।रुपेशले सायराको मृत्यु हुँदा उनलाई कसैले पनि समवेदना व्यक्त नगरेकेा बताए ।

उनले भने, म उनी उत्कृष्ट नायिका थिइन् । म उनको आत्माको शान्तीको लागि प्रार्थना गर्छु ।’

स्मरण रहोस्, कामसूत्र थ्रीडीमा सायराले अभिनेत्री शर्लिन चोपडाको स्थान ओगटेकी थिइन् । फिल्मको रिलिजका बेला शर्लिनको विषयमा निकै विवाद पनि भएको थियो जसका कारण सायरा जुन पहिचानको हकदार थिइन् त्यो पाउन सकिनन् ।

मुस्लिम परिवारकी सायराले निकै मुश्किलको सामना गर्दै उक्त भूमिका निभाएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी