काठमाडौं, वैशाख ७ ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको एक नयाँ आयाम संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालको शुभारम्भ गरिएको छ । काठमाडौंस्थित लर्डबुद्ध कलेजमा आयोजित आयाम शुभारम्भ कार्यक्रममा १७ सदस्यीय राष्ट्रिय कार्य समितिको पनि घोषणा गरिएको छ ।
विद्यार्थी परिषदका राष्ट्रिय अध्यक्ष प्रा. डा. रामजी गौतमले संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालको कुशल सापकोटाको संयोजकत्वमा उक्त समिति गठन गर्दै नयाँ कार्य समितिलाई कार्य सफलताको शुभकामना दिनुभयो ।
सोही कार्यक्रमलाई संबोधन गर्दै विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले राष्ट्रको आवश्यकतालाई मध्येनजर गर्दै नयाँ आयामको प्रारम्भ गरिएको जानकारी दिनुभयो । उक्त आयामलाई परिषदले सहयोग,सल्लाह,सुझाव र मार्गदर्शन गरिरहने बताउदै संगठन सचिव ढकालले पुर्ण सफलताको शुभकामना समेत दिनुभयो ।
उक्त कार्यक्रममा इन्जिनियर कुशल सापकोटा र इन्जिनियर रेवत कार्कीले संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालको अवधारणा पत्र एक प्रस्तुत गर्नु भएको थियो । विद्यार्थी परिषदका केन्द्रीय विशेष आमन्त्रित सदस्य डा. डिल्लीराम अधिकारीले आयामको नामै संकल्प राखेकाले संकल्प इन्जिनियरिङ एसोसिएसन नेपाललाई नाम अनुसारको कार्य गर्नेमा विश्वस्त रहेको बताउदै नवीन कार्यका लागि बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियोे ।
पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापक इन्द्रप्रसाद आचार्यले दलीय राजनीतिभन्दा माथी राखेर गर्न लागिएको यो पबित्र कार्यामा आफू सदैव सहयोगी हुने बताउदै संकल्प इन्जिनियरिङ एसोसिएसनको पुर्ण सफलताको कामना गर्नु भएको थियो । नवीन आयाम संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालका सचिव विनोद रेग्मीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा ४० जना भन्दा बढीको सहभागिता रहका विद्यार्थी परिषद्का राष्ट्रिय सचिव छितराज न्यौपानेले जानकारी दिनुभयो । संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालका नव नियुक्त सह संयोजक इन्जिनियर श्री आनन्द सापकोटाले सञ्चालन गर्नु भएको कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक रन्जना पौडेलले गर्नु भएको थियो ।