माेरङमा कुकर बम फेला परेपछि डिस्पाेज गर्न गएकाे टाेलीले बारूद मिसिएकाे भात भेटेपछि…..

माेरङमा कुकर बम फेला परेपछि डिस्पाेज गर्न गएकाे टाेलीले बारूद मिसिएकाे भात भेटेपछि…..

  • बिहिबार, बैशाख ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

मोरङ, ५ वैशाख । विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा आज मोरङको सुन्दरहरैचामा शंकास्पद बस्तु फेला पर्याे ।  बिहीबार बिहान सुन्दरहरैचा नगरपालिका-७ स्थित बेलगाछीमा नक्कली कुकर बम फेला परेकाे भन्दै डिस्पाेजल टाेली घटनास्थल पुग्याे ।

कुकर बम फेला परेपछि स्थानीयबासीहरु त्रसित भए । पुर्व-पश्चिम राजमार्ग समेत केही समय अवरुद्द भयाे । बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली घटनास्थल पुग्याे ।  उक्त बम भनिएको बस्तु डिस्पोज गर्न खोज्दा कुकरभित्र बासी भात भेटिएको छ । कुकुरभित्र भातसँगै केहि बारुद पनि भेटिएकाे प्रहरीले जनाएको छ ।

कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएका कारण स्थानीयमा त्रास फैलाएको थियो । अहिले अवरुद्द राजमार्ग खुलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ