सरकारी चिकित्सकहरु आन्दोलित, आज पनि देशभरका सरकारी अस्पतालहरु बन्द

सरकारी चिकित्सकहरु आन्दोलित, आज पनि देशभरका सरकारी अस्पतालहरु बन्द

  • आइतवार, चैत्र २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौं, चैत २४ । कर्मचारी समायोजनको विरोध गर्दै सरकारी चिकित्सकहरु आन्दोलित हुँदा आज पनि देशभरका सरकारी अस्पतालहरु बन्द छन् ।

आफुहरुलाई प्रदेश र स्थानीय तहमा मात्र खुम्च्याउने गरी कर्मचारी समायोजन गरेको भन्दै गत शुक्रबारदेखि सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन । विरोधमा उत्रिएका चिकित्सकहरुले आफूहरुलाई स्वास्थ्य मन्त्रालयअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा खटाउन माग गरेका छन् ।

माग पूरा नगरे सामूहिक राजिनामा दिने उनीहरुको चेतावनी छ । स्वास्थ्य मन्त्रालयले भने संघीय निजामती ऐनले उनीहरुका समस्याको समाधान गर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले चिकित्सकहरुको माग सम्बोधन गराउन पहल भईरहेको बताए ।

आकस्मिक बाहेकका अन्य सेवा बन्द हँुदा बिरामीलाई भने प्रत्यक्ष असर परिरहेको छ । देशभर १४ सय सरकारी चिकित्सक रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ