काठमाडौं ।
मिस नेपाल अडिसन–२०१९ मा एक जना प्रतियोगीमाथि निर्णयक मण्डलबाटै दुव्यवहार भएको छ । उक्त भिडियो यतिवेला सामाजिक सन्जालमा भाइरल बनेको छ।
भिडियो क्लिपमा एक प्रतियोगीमाथि निर्णायक मण्डलकी सदस्य रचना गुरुङले ‘दुव्र्यवहार’ गरेको देखिन्छ। कोरियोग्राफर तथा मिस नेपाल प्रशिक्षक गुरुङले प्रतियोगीमाथि मेकअप नगरेको र तयारी नगरी आएको आरोप लगाउँदै कटाक्ष गरेकी छन्।
अडिसनमा गुरुङले प्रतिस्पर्धी भएर आउँदा किन मेकअप नगरेको भन्दै भद्दा प्रस्न तेस्र्याएकी छन्। जवाफमा प्रतियोगीले भनेकी छन्। ‘कसरी मेकअप गर्ने ? थाहै भएन।’
पूर्व्मिसनेपाल सदीक्षा श्रेष्ठले भनिन्, ‘तपाईं इन्टरभ्यु दिन जाँदा सफा सुग्घर र नयाँ कपडा लगाएर जानुपर्छ। मिस नेपाल पनि त्यस्तै हो,’ उनले भनिन्।
उनको यो भनाईपछि अहिले सामाजिक सन्जालमा बिभिन्न प्रतिकृया आईरहेका छन् ।
https://www.facebook.com/mirmireonline3/videos/365627710831361/?t=15