पल शाह र आँचल शर्माकाे प्रेमका कुरा (भिडियाे)

पल शाह र आँचल शर्माकाे प्रेमका कुरा (भिडियाे)

  • सोमवार, चैत्र ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 22K
    SHARES

वैँशालु उमेरका हरेक प्रेमील जोडीलाई लक्षीत गरि तयार पारीएकाे चर्चित गायक हिमाल सागरको काफलको दाना बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक सागरलाई गायिका बिन्दु पौडेलले स्वरमा साथ दिएकी छिन् ।दीपक शर्माको शब्द संगीत समावेश गीतमा पछिल्लो पुस्ताका चर्चित कलाकारद्धय पल शाह र आँचल शर्माको अभिनय रहेको छ । गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा पल र आँचलको अहिलेसम्मकै सशक्त अभिनय रहेको छ ।

पल र आँचल चलचित्रमा ब्यस्त बन्दै गएको समयमा पनि यो लोक पप शैलीको गीत रिलिज भए लगत्तै कैयौँ दर्शकले रुचाएका छन् । गीतमा पल र आँचलले काफलको दाना गलबन्दीमा ल्याएर प्रेमका कुरा गर्दै जन्मदिन मनाउने कुरा गर्दैछन् ।

नवराज उप्रेतीको छायांकन रहेको गीतमा सम्पादन नबिन निरौलाको रहेको छ ।नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको कोरियोग्राफी सिबोल थापाले गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी