काठमाडौं, ८ चैत ।
नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका चलचित्र निर्माता तथा अभिनेता केशव भट्टराईले आजबाट जिम्मेवारी सम्हाल्दै छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भट्टराईलाई बोर्डको अध्यक्ष नियुक्त गरेको जानकारी दिए।
निकिता पौडेलले माघ २२ गते बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि उक्त पद खाली थियो। ‘पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने छु’, भट्टराईले भने, ‘सम्पूर्ण फिल्मकर्मीको साथले बोर्ड अध्यक्षमा नियुक्त भएँ । फिल्म क्षेत्रको हित गर्ने काम गर्न कटिवद्ध भएर लाग्नेछु ।
केशवले निर्माण गरेको चलचित्र यात्रा चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline