चलचित्र ‘दाल भात तरकारी’को प्रदर्शन मिति एक साता पछि सर्यो

चलचित्र ‘दाल भात तरकारी’को प्रदर्शन मिति एक साता पछि सर्यो

  • शुक्रबार, चैत्र १, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौं, १ चैत । चलचित्र ‘दाल भात तरकारी’ले आफ्नो प्रदर्शन मिति एक हप्ता पछि सारिएको छ । वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको उक्त चलचित्र हलिउडको प्रतिक्षित चलचित्र ‘एभेन्जरस् इन्ड गेम’ रिलिज हुने भएपछि रिलिज मिति पछाडि सरको चर्चा गरिउको छ ।
तर किन सारियो भन्नेबारे आधिकारिक भने केहि भनिएको छैन ।सुदन केसीको निर्देशनमा बनेको यस चलचित्रमा अब मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, अनुराग कुँवर, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतको अभिनय रहेको छ ।
मह सञ्चारको व्यानरमा निर्माण भएको यस चलचित्रमा शम्भुजित बास्कोटाको संगीत, दीर्घ गुरुङको छायांकन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ । चलचित्रको सार्वजनिक पहिलो गीत ‘भिजिट भिसामा’लाई युट्युबमा एक करोड भन्दा धेरैले हेरिसकेका छन् । दोस्रो गीत शुक्रबार रिलिज हुदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी