बोष्टर म्युजिक अवार्ड २०७५ सप्पन्न, लाइफ टाइम एचिभमेन्ट सुरेन्द्र महर्जनलाई

बोष्टर म्युजिक अवार्ड २०७५ सप्पन्न, लाइफ टाइम एचिभमेन्ट सुरेन्द्र महर्जनलाई

  • सोमवार, फाल्गुन २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडाै । नेपाली गीत, संगीत, नेपाली भाषा साहित्य र कला एवं कलाको विकासकोलागि राजधानीमा एक समारोह बीच बोष्टर म्युजिक अवार्ड – २०७५ को आयोजना गरिएको छ ।

बोष्टर म्युजिक अवार्डका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं वरिष्ठ गीतकार एसपी कोइरालाले गीत संगीत एवं साहित्यको विकाशमा बोष्टर म्युजिकलाई सफलताको कामना गर्नु भयो भने निरन्तर लामो समयदेखि नेपाली भाषा, साहित्य र चित्रकारीतामा विगत तीन दशकदेखि लाग्नु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमर लाई एक समारोहबीच कार्यक्रममा बोष्टर म्युजिक लाइफ टाइम एचिभमेन्ट अवार्ड-२०७५ बाट सम्मान गर्नुभयो ।

नेपाली साहित्यका एक चम्किलो तारा जो कवि भएर पनि गीतकार, गीतकार भएर पनि चित्रकार हरेक विधामा उतिकै सक्रिय कलाकारिता, सामाजिक योगदान, साहित्य लेखन एवं कला साहित्य र संगीतको माध्यमबाट मुलुकको साँस्कृतिक क्षेत्रमा उहाँले गरेको अमूल्य योगदानको कदर गर्दै कवि, गीतकार, गायक, एवं साहित्यकार सुरेन्द्र महर्जनलाई सम्मानित गरेकोमा आयोजक र साहित्यकार सुरेन्द्र महर्जन अमरलाई प्रमुख अथितिले सफलताको कामना व्यक्त गर्नुभयो ।

अमरका कविता संग्रह, उपन्यास, गीति कविता, हाइकु, नाटक, गीति एल्बम आदि दुई दर्जन कृति प्रकाशित छन् । कार्यक्रममा ४१ विद्यामा उत्कृष्ट हुनुभएका उत्कृष्ट राष्ट्रिय गीतबाट संगीतकार सन्तोष श्रेष्ठ, उकृष्ट मोडेल सनम कथयाल, आधुनिक मोडल अमन श्रेष्ठ, लगायत सबैलाई अवार्ड र प्रमाणपत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रमको सुरुमा पानसमा दीप बालिएको थियो भने ताप्लेजुङको पाथीभरा नजिकै सिस्ने भीरमा हेलिकप्टर दुर्घटनामा परी असामयिक निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत सम्पूर्ण मृतक प्रतिको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमका संयोजक, निर्णायक समितिमा माधव निर्दोस रहेको उक्त कार्यक्रममा गीतकार एवं कवयत्री राधिका घिमिरेबाट कार्यक्रम संचालन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी