नेकपाका नेता कार्यकर्ता जनश्रमदानमा व्यस्त, मल बाेक्दै पाेलिटब्युरो सदस्य शिलु (फोटोफिचर)

नेकपाका नेता कार्यकर्ता जनश्रमदानमा व्यस्त, मल बाेक्दै पाेलिटब्युरो सदस्य शिलु (फोटोफिचर)

  • आइतवार, फाल्गुन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 47K
    SHARES

काठमाडौ, १९ फागुन ।

नेपाल कम्युनिस्ट पार्टीले सन्चालन गरेको संगठन सुदृणिकरण तथा बिस्तार अभियान देशभर जारी छ । माघ १ गतेबाट सन्चालित उक्त अभियानमा यतिबेला शिर्ष नेतादेखि कार्यकर्तासम्म परिचालित छन् ।

जनताको माझमा रहेर अभियानकर्मीहरुले संगठन बिस्तार, सुदृणिकरण, जनसभा, प्रचार, भित्तेलेखन, जनश्रमदान लगायतका कार्य गरिरहेका छन् । जनसंविधान र जनपपरिषद्’ घोषणा गरिसकेको नेकपाले जनताका समस्या, अप्ठ्याराहरुको सम्बोधन गर्ने तथा जनश्रमदानलाई पनि उच्च प्राथमिकतामा राखेको छ ।

यसक्रममा अभियानमा परिचालित नेता कार्यकर्ताहरु जनताको घर घरमा गएर छलफल गर्ने, बस्ने र श्रमदान गर्ने गरिरहेका छन् । सोहि क्रममा जनकपुर व्युरोको अभियान टोली प्रमुख तथा पार्टी पोलिटब्युरो सदस्य उमा भुजेल (शिलु)को नेतृत्वमा रहेको टिमले सिन्धुलीमा मल बोकेर श्रमदान गर्यो ।

अभियान अवधिमा प्रत्येक हप्ताको तीन दिन श्रमदानका लागि छुट्याईएको अभियान टोली प्रमुख शिलुले बताईन् । अभियानमा खटिएको प्रत्येक टोलीले गाँउ गाँउ पुगेर संगठन निर्माण, बिस्तार, भित्तेलेखन, प्रशिक्षण,।मदान सँगसँगै लगेको जानकारी दिदै नेतृ शिलुले भनिन्, हामीले अति विपन्न र समस्यामा परेका स्थानीयको घरमा पुगेर श्रमदान गर्ने गरेका छौ, यसले स्थानीयसँग घुलमिल र आत्मियता बढुकुका साथै उनीहरुको बास्तविक पिडा महसुस गरेर त्यसको समाधान गर्न सकिन्छ ।

सोही क्रममा माघ १० गते गोलञ्जर गाउँपालिकाको धुरडाँडा निवासी एकल महिला अम्बिका बस्नेतको जैविक मल बोकेर पाखाबारीमा पुर्याउने काम गरेर अभियान टोलीले श्रमसेवा गर्यो । श्रमसेवामा शिलु स्वयम् लागिन् ।


घरमै गएर नेकपाका नेता कार्यकर्ताले श्रमसेवा गरेपछि बस्नेतले खुशि हुँदै दुखीलाई सहयोग गरेको देख्दा विगतका माओवादीहरु अझै आफुहरुसँगै रहेको अनुभूति भएको प्रतिकृया दिईन् ।

बस्नेतले भनिन्, ‘जनयुद्धका क्रममा माओवादीहरु यसरी नै आएर सहयोग गर्ने तर पछि खै कता हराए, हाम्रो दुःख नै देख्न छाडे, कोहि गाँउमा आएर सोधपुछ सम्म गरेनन् तर अहिले तपाईहरु आएर यो सहयोग गरेको देख्दा लाग्यो नेपाल कम्युनिस्ट पार्टी मात्रै दुःखीको साथी पार्टी रहेछ ।’

यस्तै १२ गते सुनकोशी गाउँपालिका–२ स्थित हायुवस्तीमा प्रकाश हायुको घर निर्माण गरेको छ । १४ गते नयन नेतृत्वको टोलीले सुनकोशी गाउँपालिका–४ स्थित डाँगी निवासी नविन नेपालीको घर निर्माण गर्यो । डाँगी गाउँकै अति गरीब परिवार सदस्य हुन् ।

यस्तै रोहित नेतृत्वको टोलीले गोलन्जर ४ रानीखोलामा भिमकुमारी गुरुङको तोरी उखेलेर झारेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी