फेरी आन्दाेलनमा उत्रिए सरकारी चिकित्सक, आकस्मिकबाहेक सबै सेवा बहिस्कार

फेरी आन्दाेलनमा उत्रिए सरकारी चिकित्सक, आकस्मिकबाहेक सबै सेवा बहिस्कार

  • बुधबार, फाल्गुन १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, फागुन १५ । सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरुले आजदेखि आकस्मिकबाहेक सबै सेवा बहिस्कार गरेका छन् ।

सरकारी चिकित्सकहरुले आजदेखि मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् । सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम हिजो साँझ सकिँदासम्म पनि माग सम्बोधन नभएको भन्दै चिकित्सकहरुले सेवा बहिस्कार गरेका हुन् ।

माग सम्बोधन नभएसम्म सेवामा नफर्कने अडान चिकित्सकहरुको छ । गत पुस ३० गते स्वाथ्य मन्त्रालय र सरकारी चिकित्सक संघबीच ८ बुँदे लिखित सहमति भएको थियो ।

स्वास्थ्य मन्त्रालयले पुनः दरबन्दी सिर्जना गरेर चिकित्सकलाई योग्यता र दक्षताअनुसार स्थानीय तह र प्रदेशलगायतमा खटाउनुपर्ने मुख्य मागमै पछिल्लो समय दुई पक्षबीच सहमति हुुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ