कैलाली । बिधार्थि नेता झलक बिकले अन्तरजाति जनबादी बिबाह गरेका छन। -जनयुद्ध कालको झल्को दिने गरि नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य झलक बिकले जनयुद्ध दिवसको अबसरमा नेकपा कैलालिले आयोजना गरेको बहृत जनसभा कार्यक्रममा जनबादि बिबाह गरेका छन् ।
टिकापुर नगरपालिका वडा न १ बस्ने मिना चौधरी संग भब्य रूपमा जनबादी बिबाह भएको छ। नेकपाका जिल्ला ईन्चार्ज बिबेक कुमाल, जिल्ला सचिब प्रकाश मल्ल,पार्टीका नेता,कार्यकर्ता,जनता को बिच मा एक अर्का लाई फुलको माला अबिर लगाएर बिबाह गरेका छन ।
समाजको बढ्दो बिकृर्तिलाई चुनौती दिदै बिक र चौधरीले बिबाह गरेका छन,पछिल्लो समय मा बिबाह को नाममा समाज मा एऊटा बिकृर्ति नै फैलीएको छ,दाईजो,भड्किलो भोज भत्तेर हुदै आएको छ । तर बिधार्थि नेता झलक र मिना चौधरीको जनबादी बिबाहले एऊटा गतिलो सन्देश समाजलाई छोडेकाे छ ।