नेकपा स्याङ्जाले मनायो २४ औं जनयुद्ध दिवस

नेकपा स्याङ्जाले मनायो २४ औं जनयुद्ध दिवस

  • बुधबार, फाल्गुन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

ध्रुब गौडेल/फाल्गुन १ स्याङ्जा ।
विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी स्याङ्जाले २४औं जनयुद्ध दिवश जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा र्याली सहित कोण सभा गरि मनाएको छ ।

प्रमुख वक्ताका रुपमा बोल्दै ब्युरो सदस्य कमरेड गम्भिरले जनयुद्ध एक काल खण्ड थियो तर पुरा नभइसकेको हुनाले एकीकृत जनक्रान्तीको माध्यमबाट बांकी कार्यभार पुरा गर्नुपर्ने जिम्मेवारी अब हाम्रो कांधमा आएको भन्दै कुनै सक्तिले रोकेर नरोकिने बताए ।

तर अबको हाम्रो लडाई भनेको कुनै सेना पुलिस संग हैन हाम्रो लडाई भनेको देशका दलाल र भ्रष्टहरुसंग हुने भन्दै सेना पुलिसहरुले पनि हाम्रो लडाईमा साथ दिन आग्रह गरे ।

कोणसभामा बोल्दै अर्का ब्युरो सदस्य तथा जिल्ला सेक्रेटरी गोकुलले कम्यूनिष्टको खोल ओडेको सरकारमा क्रान्तिलाई धोका दिने धोकेबाजहरुको सांठगांठ मिलेर बनेको सरकारको लाचारिपनका कारण देशमा हत्या ,हिंशा बलत्कारका घटनाहरु दिनहु बढ्दै गएको आरोप लगाए ।

प्रचण्ड बाबुरामहरु प्रति इङ्कित गर्दै भने क्रान्तिमा धोका दिने ,सहिदको रगत बेचेर खानेहरुले बुझे हुन्छ जनयुद्धको मुल उदेश्य पुरा गरेरै छाड्छौं यदि सक्छौ भने रोकेर देखाउ ।
स्याङ्जाको बसपार्कदेखि सुरु भएको र्याली स्याङ्जा बजार परिकर्मा गर्दै जिल्ला प्रहरी कार्यलय अगाडिको चोकमा आएर कोणसभामा परिणत भएको कार्यक्रममा जनयुद्ध दिवशको शुभकामना आदान प्रदान गर्न जिल्लाका नेता कार्यकर्ताको बाक्लो उपस्थिती थियो भने कोणसभा कार्यक्रमको सञ्चालन राजु पौडेले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ