केही वर्षदेखि प्रेमसम्बन्धमा रहेका नायिका बर्षा राउत र नायक सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । यही फागुन २ गते (प्रणय दिवस, फेब्रुअरी १४) बिहे गर्ने निधो गरेका उनीहरुबीच सोमबार साँझ एक कार्यक्रमबीच इनगेजमेन्ट भएको हो ।
दुवैतर्फका परिवारका सदस्यहरुबीच उनीहरुले बिहेको टुंगो गर्दै औँठी साटेका हुन् । बर्षासँग इन्गेजमेन्ट भएको जानकारी सन्जोगले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।
उनले इन्गेजमेन्टका तस्बिर फेसबुकमा पोस्ट गरेर सबैका कथा सुन्दर हुने बाउँदै तर आफ्ना लागि आफूहरुकै विशेष लाग्ने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline