मजदुर नेतात्रयको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस सकियो

मजदुर नेतात्रयको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस सकियो

  • सोमवार, पुस ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं, ३० पुस ।

नेपाल कम्युनिस्ट निकट मजदुरका संगठनका तीन जना नेताहरुको रिहाइको माग गर्दै दायर रिटमाथि सर्वोच्च अदालतमा भएको बहस केहीबेर अघि सकिएको छ ।

दस दिनदेखि महानगरीय प्रहरी परिसर टेकु हुँदै हाल सिंहदरबार वृत्तको हिरासतमा राखिएका अखिल क्रान्तिकारी हाईड्रो तथा खानी मजदुर संघका केन्दीय अध्यक्ष लोकेन्द्रराज थापा, उपाध्यक्ष विकास थापा र महासचिव केशबबहादुर बुढाको रिहाईको मागसहित दायर रिट निवेदनमाथि दोस्रोपटकको बहस सकिएको हो । अध्यक्ष थापा,पार्टीका केन्द्रीय सदस्य अमर झाँक्री नेतृत्वको अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघको केन्द्रीय सदस्य समेत हुन् ।

बहस ३ नम्बर इजलाशमा भएको थियो । न्यायाधीश मीरा खडका र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशमा भएको हो । पहिलो बहस गत शुक्रबार भएको थियो । आरोपसम्बन्धी सबै मिसिल प्राप्त हुन बाँकी रहेको जनाउँदै अर्को पेशी सोमबारको लागि तोकिएको थियो ।
आज भएको बहसमा रिट निवेदकको पक्षबाट अधिवक्ता कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना र राजु अधिकारीले बहसपैरवी गरेका छन् भने सरकारको पक्षबाट वकिल श्यामकुमार भट्टराईले गरेका छन् ।

बिनाकारण गिरफ्तार गरी गैरन्यायिक रुपमा प्रहरीले हिरासतमा राखेको भन्दै तत्काल रिहाईको मागसहित कमला स्याङतानर विकास थापाले पुस २४ गते रिट निवेदन दार्ता गरेका थिए । तीनै जना मजदुर नेतालाई यही पुस १९ गते साँझ ६ बजेतिर करिब आधा घण्टाको अन्तरमा ललितपुरको भैंसेपाटी र नख्खु चोकबाट प्राइभेट गाडीमा आएका सादा पोशाकका प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।

शुरुमा ‘चन्दा’को आरोप लगाइएको भएपनि त्यससम्बन्धी आधारहरु फेला पर्न नसकेपछि प्रहरीमाथि ‘अभद्र’ व्यवहार गरेको अभियोगमा सार्वजनिक मुद्दा चलाइएको बन्दीहरुले बताए । ‘मोटरसाइकलमा चलाइरहेको बेला गाडीले बीच सकडमा बाटो छेकेर हाम्रो मोटरसाइकलको चाबी थुतेर अपहरणकारी शैलीमा गिरफ्तार गर्छ र उल्टै हामीले प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लगाउँछ यो सरकार’ बन्दी लोकेन्द्रराज थापाले प्रश्न गरे ‘अनि कसरी हुन्छ यो सरकारबाट नागरिकको सुरक्षा र कसरी आउँछ मुलुकमा शान्ति ?’

अध्यक्ष थापा र महासचिव बुढा दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका–७ निवासी हुन् भने उपाध्यक्ष विकास थापा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–५ निवासी हुन् । उनीहरु सबै लामो समयदेखि मजदुरहरुको हक, अधिकारको पक्षमा आवाज उठाउँदै आइरहेका राजनीतिककर्मी हुन् । आफूहरुलाई राजनीतिक लाइनका आधारमा राज्यले प्रतिशोध भावना राखेर झुठा आरोपमा गिरफ्तार गरेको उको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ