एनआरएनको छैटौँ एशिया प्यासिफक सम्मेलन हङ्कङमा शुरु

एनआरएनको छैटौँ एशिया प्यासिफक सम्मेलन हङ्कङमा शुरु

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

काठमाडौँ, २२मङ्सिर ।

सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न गैरआवासीय नेपाली सङ्घको एशिया प्यासिफिकको छैटाै क्षेत्रीय सम्मेलन शनिबारदेखि हङ्कङमा शुरु हुने भएको छ ।

सम्मेलन ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने विषयमा केन्द्रित रहने सङ्घका प्रवक्ता भूषण घिमिरेले जानकारी दिनुभयो । सम्मेलन आइतबार घोषणापत्र जारी गर्दै समापन हुनेछ । सङ्घले साना तथा मझौला व्यवसायमा लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेराप्रति विशेष छलफल हुने जनाएको छ । सम्मेलनलाई कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले सम्बोधन गर्नुहुनेछ ।

यस्तै सङ्घका पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, देवमान हिराचनलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यवसायी र बौद्धिक व्यक्तित्वसहित ३५० को सहभागिता रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी