ज्योति मगर भन्छिन् – ‘दुव्र्यवहारका कारण तनावमा छु’

ज्योति मगर भन्छिन् – ‘दुव्र्यवहारका कारण तनावमा छु’

  • बुधबार, मंसिर १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

स्टेज कार्यक्रममा निकै व्यस्त गायिका तथा मोडल ज्योति मगर हिजोआज निकै तनावमा छिन् । स्टेज कार्यक्रमका लागि देश–विदेशमा जाने क्रममा पटक–पटक विभिन्न आयोजक तथा व्यक्तिले आफूविरुद्ध दुव्र्यवहार गर्ने प्रयास गरेको ज्योति बताउँछिन् । यही साता ज्योति दुई स्थानमा नराम्रोसँग फसिन् । चितवनस्थित गैंडाकोटमा एक क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रम सकिएपछि साँझ आयोजकमध्येका एक सदस्यले खानासँगै खाने भन्दै उनलाई होटलमा पुर्‍याए ।

होटलको खुला ठाउँमा खाना खाने इच्छा राखेकी ज्योतिलाई तपाईं सेलिब्रेटी जस्तो मान्छे खुला ठाउँमा भन्दा सेक्रेट ठाउँमा खाना खानुस् भन्दै बस्ने कोठामै खाना पुर्‍याइदिन होटल स्टाफलाई आग्रह गरे । ज्योति पनि आफू बस्ने कोठामै खाना आउने भएपछि मख्ख भइन् अनि ती व्यक्तिको आग्रह सहर्ष स्वीकारिन् । एकैछिन गफ गर्ने भन्दै आफूसँगै कोठामा छिरेका ती व्यक्तिले रातको ११ बजेसम्म कोठा नछोडेपछि ज्योतिले प्रहरीको सहारा लिएर उनलाई कोठाबाट निकालेकी थिइन् ।

ती व्यक्ति रातभर प्रहरीको हिरासतमा बसे । राति कोठाबाट निस्कन आग्रह गर्दा ज्योतिसँग रिसले चुर हुँदै नानाथरी बोले, धम्की दिए । अर्को दिन प्रहरी हिरासतमा रहेका ती व्यक्तिले अबदेखि कहिल्यै गलत काम नगर्ने भन्दै एक पटकलाई माफी दिन आग्रह गरेपछि ज्योतिले उनलाई माफी दिएकी थिइन् । फेरि उस्तै खालको घटना ज्योतिले चितवनमै बेहोरिन् ।

सांस्कृतिक कार्यक्रमपछि आफ्नो होटल भ्यु टावरको कोठामा पुगेकी ज्योतिलाई रातको २ बजे होटलका सञ्चालकले निरन्तर कोठा खोल्न आग्रह गरेपछि उनले ढोका खोलिन् । मस्त निद्रामा रहेकी ज्योतिले अन्तत: फेसबुकमा लाइभ गर्दै ती सञ्चालकलाई तुरुन्त कोठाबाट निस्कन आग्रह गरिन् । लाइभ गरिरहेको थाहा पाएपछि ती व्यक्ति होटलबाट निस्किएका थिए । ज्योतिले निरन्तर यस्तो खालको दुव्र्यवहारका कारण आफू मानसिक तनावमा परेको बताएकी छिन् ।  साप्ताहिकबाट साभार

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी