मिस नेपाल श्रृङ्खला खतिवडा मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छिन्। सोमबार भएको मल्टिमिडिया अवार्ड जित्दै श्रृङ्खलाले अन्तिम ३० मा स्थान सुरक्षित गरेकी हुन्। यसअघि श्रृङ्खला हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजित भएकी थिइन्।
मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए। त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline