सम्झौता कार्यान्वयन गर्न माग गर्दै शिक्षक महासंघद्वारा प्रदर्शन

सम्झौता कार्यान्वयन गर्न माग गर्दै शिक्षक महासंघद्वारा प्रदर्शन

  • शुक्रबार, मंसिर १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौ, १४ मंसिर ।

नेपाल शिक्षक महासंघले शुक्रबार प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको छ । सरकारले शिक्षक संगठनहरुसँग गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै पूरा गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

उक्त शिक्षक सभालाई सम्बोधन गर्दै अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठकले इन्टरनेश्नल पिस फेडेरेशनको कार्यक्रममा सहभागी भएका विदेशी पाहुनाहरुले शिक्षकको पीडा र समस्या देखुन् भनेर सरकारको रवैयाविरुद्ध जुलुस प्रदर्शन गरेको बताए ।
उनले सरकारले भन्ने गरेको समाजवाद नक्कली भएको भन्दै सक्कली समाजवाद ल्याउनुको विकल्प नरहेको बताए ।

‘समाजवादी भन्न रुचाउने यो सरकारको पालामा महिनाको ६ हजार तलव खाने शिक्षक र मासिक २ हजार तलब बुझ्ने विद्यालय कर्मचारी अहिले पनि छन्’ पाठकले भने ‘यसले पेटभरी खान पुग्दैन अनि कसरी समाजवादी हुन्छ ?’ प्रश्न गरे । अहिलेसम्म शिक्षकको माग पुरा नगरेकाले अब निर्णायक आन्दोलन गर्ने उद्घोष गरे ।

उक्त सभालाई शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापा, महिला उपाध्यक्ष टीका राई लगायतले सम्बोधन गर्दै शिक्षक संगठनहरुसँग विगतमा भएका सम्पूर्ण सहमति र सम्झौताहरु तत्काल पूरा गर्न माग गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी