प्रचण्डमाथि आक्रमण प्रयास गर्ने रिमाल रिहा

प्रचण्डमाथि आक्रमण प्रयास गर्ने रिमाल रिहा

  • बिहिबार, मंसिर १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

चितवन, १३ मंसिर ।

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आक्रमण प्रयास गर्ने रामबहादुर रिमाल रिहा भएका छन् ।
उनीमाथि अध्यक्ष प्रचण्डमाथि सार्वजनिक कार्यक्रममा अभद्र व्यवहार गरेको अभियोग लगाइएको थियो ।

यही मंसिर ६ गते चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक मधुपुरीमा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि प्रचण्डमाथि अभद्र व्यवहार गरेको भन्दै उनलाई मंसिर ७ गते साँझ ७ बजेतिर भमनपा–२३ स्थित निवासबाटै चितवन प्रहरीले गिरफ्तार गरेको थियो । रिमालमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएकोमा उनलाई जिल्ला प्रशासन कार्यालय चितवनले ३ हजार धरौटी लिई ६ दिनपछि हिजो बिहीबार उनलाई रिहा गरेको हो ।

रिहा भएका रिमाल प्रचण्डको नेतृत्वमा चलेको तत्कालीन जनयुद्धको सक्रिय कार्यकर्ता समेत हुन् । रिमालले अध्यक्ष प्रचण्डले जनयुद्धमा उठाएको एजेण्डा र उद्देश्यमाथि घात गरेर स्वार्थमा लागेको भन्दै असन्तुष्ट व्यक्त गर्दै आएका छन् ।

अहिले रिमाल प्रचण्डमाथि चितवनमा अाक्रमणकाे प्रयास गरेकाे बिषयले चर्चामा छन् ।

(यसअघि प्रकाशित समाचारमा ५ हजार धराैटि भएकाेकाे सन्चाइएकाे छ । -सम्पादक)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ