‘छक्का पञ्जा ३’ युएईका दर्शकले हेर्न पाउने

‘छक्का पञ्जा ३’ युएईका दर्शकले हेर्न पाउने

  • मङ्लबार, मंसिर ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

युएई ।

नेपाली चलचित्रको इतिहास सफल चलचित्र ‘छक्का पञ्जा ३’ युएईका दर्शकले हेर्न पाउने भएका छन । नेपाली चलचित्रको उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखेको चलचित्र ‘छक्का पञ्जा ३ ’ आगामी डिसेम्बर १३ तारिक देखि युएईका बिभिन्न ८ शहरका फिलिम हलमा लाग्ने भएको छ ।

नेपाली चलचित्र युएईको बरदुबई, क्यारिफोर सिटीसेण्टरको सिन्धगा सिनेमा हलमा दुबईकै अलकुजको बलिउड सिनेमा, त्यस्तै आबुधाबीको नेसनल सिनेमाहल र आबुधाबीकै मुसाफाको ग्रान्ड सफिर सिनेमा, लगाएत युएईका अधिकंश फिलिम हलमा नेपाली चलचित्र ‘छक्का पञ्जा ३ पर्दशनी हुने भएको हो ।

नेपालमा रहेका सिमित हल र नेपालीहरु माझ मात्र खुम्चिरहेको चलचित्रको प्रर्दशनले प्राबिधिक रुपम आफ्नो बिकाश नेपाली चलचित्रलाई अन्तर्रा्ष्ट्रिय बजारमा फैलाउन पहल गरिएको आयोजकले बताएका छन । युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा युएईमा २०१६ अक्टोबर १४ तारिक देखि युएईमा नेपाली चलचित्र बीर बिक्रम पर्दशनी भएर नियमित प्रदर्शन सुरु भएको थियो । युएईको चलचित्र हलमा ‘छक्का पञ्जा३ ’ पर्दशनीको लागि सम्पूर्ण तयारी सकिएको युएईका लागि नेपाली चलचित्रका वितरक राजन अधिकारीले बताएका छन ।

देश बाहिर नेपालीको संख्या धेरै भएको खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला सांस्कृति र साहित्य तर्फ चासो राख्ने गर्दछन । नेपाली चलचित्र पनि स्थरिय रुपमा निर्माण हुन् थालेकोले नेपाली चलचित्रलाई यस क्षेत्रमा नियमित पर्दशनी पछि नेपाली कला सस्कृतिको प्रबन्धन बढाएर उजागर हुने कन्सेप्ट भिजन फिल्म प्रोडक्शनका राजन अधिकारीले मोफसललाई बताए ।

दीपाश्री निरौला निर्दे्शित फिलिम दीपकराज गिरी, प्रियंका कार्की, दीपिका प्रसाई शिवहरि पौडैल, केदार घिमिरे ‘माग्नेबुढा, जितु नेपाल, बुद्दी तामाङ, लगायतको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा ३ ’सन्देश मुलक चलचित्र बनेको समीक्षको राम्रो प्रतिक्रिया पाएको छ । फिल्म नेपालको चलचित्र इतिहासमा सबै भन्दा धेरै पैसा कमाउने नेपाली चलचित्र बनेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी