‘दलाल संसदीय व्यवस्था’ नभत्काएसम्म नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउँदैनन्ः सुदर्शन

‘दलाल संसदीय व्यवस्था’ नभत्काएसम्म नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउँदैनन्ः सुदर्शन

जनस्वाथ्यकर्मी महासंघको भेला सम्पन्न, अध्यक्षमा कँडेल निर्वाचित

  • सोमवार, मंसिर १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

काठमाडौं, १० मंसिर ।

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघमा नयाँ नेतृत्व चयन भएको छ । सोमबार राजधानीको शंखमुलमा सम्पन्न राष्ट्रिय भेलाले कँडेलको नेतृत्वमा २८ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो ।

भेलाको उद्घाटन नेकपाका स्थायी समिति सदस्य एवं मध्यकमाण्ड ईन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले गरेका थिए । भेलाका प्रमुख अथिति सुदर्शनले उद्घाटन विचार राख्दै मुलुकमा दलाल संसदीय व्यवस्थाले नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको बताए । स्वास्थ्य सेवा निःशुल्क रुपमा पाउने नागरिकको पहिलो अधिकार भएको बताउँदै दलालनियन्त्रित सरकार रहेसम्म स्वास्थ्य क्षेत्र माफियाको कब्जाबाट बाहिर निकाल्न असम्भव रहेको उनको भनाई छ ।

स्वास्थ्य क्षेत्रमा जगडिएको माफिया, कमिशनखोर, विचौलिया तथा व्यापारीहरुको नाफाखोर चरित्रकै कारण नागरिकले महंगो शुल्क तिरेर उपचार गराउनुपर्ने बाध्यात्मक परिस्थिति कायम रहेको उनले बताए । माफिया र नाफाखोरलाई सरकारले संरक्षण दिने र त्यसबाट कमिशन खान सरकारमा बस्ने मान्छेहरु लिप्त भएको भन्दै त्यसलाई एकीकृत जनक्रान्ति अगाडि आइसकेको बताए । वैज्ञानिक समाजवादी व्यवस्थामा नागरिकले स्वास्थ्य र शिक्षा निःशुल्क प्राप्त गर्ने र नागरिकहरु स्वास्थ्योपचारको समस्याको पिरलोबाट सदाका लागि मुक्त हुने ईन्चार्ज सुदर्शनको विचार छ । नागरिकलाई सबैखाले समस्याबाट मुक्त तुल्याई अधिकारसम्पन्न बनाउने उद्देश्यसाथ नेकपाले एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा सारेको हुनाले त्यसले दिने जस्तोसुकै जिम्मेवारी निर्वाह तयारी रहन पनि भेलामा उपस्थित जनस्वास्थ्यकर्मीहरुलाई उनले निर्देशन थिए ।

त्यस्तै भेलामा विचार राख्दै नेकपा पोलिटब्यूरो सदस्य एवं पूर्वीकमाण्ड ईन्चार्ज अनिल शर्मा ‘विरही’ले अहिले नागरिकको निःशुल्क स्वास्थ्योपचार सेवा पाउने अधिकार दलाल र माफियाले छिनेकाले त्यसलाई लागू गराउन मुलुकमा क्रान्ति अनिवार्य भएको बताए । घरेलु र बाह्य दलाल पुँजीवादीको नियन्त्रणमा सत्ता रहेसम्म नागरिकले सामान्यभन्दा सामान्य स्वास्थ्योचारका लागि महंगो शुल्क तिर्नुपर्ने वा ज्यानै गुमाउनुपर्ने परिस्थिति व्यहोर्नुपर्ने भएकोले त्यसलाई खारेज गरेर निःशुल्क स्वास्थ्यअधिकार प्राप्तिका लागि वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुको विकल्प नरहेको धारणा राखे ।

त्यस्तै नेकपाका अर्का पोलिटब्यूरो सदस्य ओमप्रकाश पुन‘निर्माण’ले एकीकृत जनक्रान्तिमा जनस्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहने धारणा राख्दै मुलुकको स्वास्थ्य क्षेत्रलाई राज्यद्वारा संरक्षित माफिया र कमिशनखोरले तहसनहस बनाएको बताए । राज्यले नीति बनाएर स्वास्थ्य सेवालाई व्यापारीको हातमा सुम्पेर सरकारमा बस्नेहरु व्यापारीबाट कमिसन लिँदै नागरिकमाथि शोषण गरिरहेको भनाई पुनको थियो ।

भेलामा लामो समय हिरासतमा बसेर केही समयअघि मात्र रिहा भएका नेकपाका केन्द्रीय सदस्य देवनारायण शाह तथा मोरङ ईन्चार्ज प्रज्वल, राजु कार्कीलागयत नेताहरुको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष कँडेलले आफू सधैं नागरिकले निःशुल्क स्वाथ्योपचार सेवा प्राप्तिको लडाईमा लाग्दै आएको र अबका दिनमा निरन्तर लाग्ने दृढताका लाग्ने प्रतिवद्धतता व्यक्त गरे ।

भेलाले महासंघको उपाध्यक्ष पिताम्बर भुर्तेल, महासचिव प्रकाश चन्द, सचिव रत्न शर्मा, कोषाध्यक्ष कैलास लामा निर्वाचित गरेको छ । नरबहादुर थापा, भैरव बोहोरा, शिला गैरे, विनोद रावल, लोकेश जोशी, अम्बिका पाठक, रमानन्द जोशी, योगेन्द्र यादव, युगेश्वर शर्मा, फुलराम चौधरी, भिम लामा, गोविन्द सापकोटा, दीपेन्द्र पौडेल, जयराम रायमाझी, पुष्पाकुमारी महत्तो, रिता ढुङ्गाना, सपना लामिछाने, सुशिला गैरे, कुरान अली, सारदा के.सी.लाई सदस्यमा निर्वाचित गरेको छ । सदस्यको बाँकी तीन पद पछि पूर्ति गर्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ