पद धरापमा परेपछि बीपीका उपकुलपति रौनियार तनावमा: बोलाउलान् त सिनेट बैठक ?, ‘हेर र पर्ख’मा स्वास्थ्यमन्त्री यादव

पद धरापमा परेपछि बीपीका उपकुलपति रौनियार तनावमा: बोलाउलान् त सिनेट बैठक ?, ‘हेर र पर्ख’मा स्वास्थ्यमन्त्री यादव

  • बिहिबार, मंसिर ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.1K
    SHARES

सुनसरी, ६ मंसिर ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार यतिखेर चरम संकटमा परेका छन् ।
प्रतिष्ठानको ऐनबमोजिम प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री उपेन्द्र यादवले यही मंसिर १६ गते सिनेटको बैठक अनिवार्य बोलाउन मंसिर ९ गतेसम्म समय दिएका छन् । तर रौनियारले सिनेट बैठक बोलाउनेबारे कुनै चासो दिएका छैनन् ।
अब बोलाउने बैठकले उनलाई पदबाट हटाउने निश्चित प्राय भएको बुझेपछि त्यसलाई टार्नेबारे उपायको खोजी रौनियार लागेको स्रोतको भनाई छ । रौनियार प्रतिष्ठानभित्र अनियमितताको विषयमा मुछिएपछि पदमुक्त गर्न यसअघिनै शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रक्रिया अगाडि बढाएको थियो । तर उनले पैसा र शक्तिको दुरुपयोग गर्दै पद जोगाउँदै आएका छन्् ।
तर प्रतिष्ठानमा उनले भ्रष्टचार र आर्थिक वितण्डा मच्चाउन नछाडेपछि प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंसिर १६ गते सिनेट बैठक राख्न निर्देशन दिएका छन् । यसअघिको मंसिर ५ को समयसीमा दिएर सिनेट बैठक बोलाउन निर्देशन दिएपनि त्यसलाई उल्लंघन गरेका थिए । त्यसपछि अहिले ९ गतेसम्मको समयसीमा दिएर बैठक बोलाउन मन्त्री यादवले निर्देशन दिएका छन् । अब बोलाइने सिनेट बैठकमा प्रतिष्ठान ऐनको दफा ११(घ) बमोजिम गठित छानबिन समितिको प्रतिवेदन निर्णयार्थ पेश गर्नुपर्नेछ । यदि सो प्रतिवेदन सिनेट बैठकमा पेश भएमा रौनियार पदबाट बर्खास्त हुने निश्चितप्राय छ ।
किनकि उक्त प्रतिवेदनले रौनियारलाई प्रतिष्ठानका कामकारवाही, सार्वजनिक खरिद प्रक्रिया र विद्यार्थी तथा कर्मचारी भर्ना प्रक्रियामा अनियमितता गरेको विषयमा दोषी पाइएको औल्याएको छ । त्यही आधारमा तत्कालीन देउवा सरकारका स्वास्थ्यमन्त्री दीपक बोहोराले रौनियारलाई प्रतिष्ठानको उपकुलपतिबाट तत्काल हटाउन तत्कालीन प्रधानमन्त्री देउवासमक्ष लिखित अनुरोध गरेका थिए । त्यसपछि उनले मन्त्री बोहोराको निर्देशन अवज्ञा गर्दै सिनेट बैठक बोलाएनन् । सरकार पनि परिवर्तन भयो ।

पछि वर्तमान ओली सरकार गठन भयो । ओली सरकारका स्वास्थ्यमन्त्री यादवले पनि पूर्वनिर्णयअनुसार नै सिनेट बैठक बोलाउन निर्देशन दिए । त्यसलाई पनि अवज्ञा गरेका डा. रौनियार दोस्रोपटक पुनः समयसीमा नै तोकेर सिनेट बैठक बोलाउन निर्देशन दिएपछि भने उनी संकटमा परेका छन् ।
आगामी मंसिर ९ सम्ममा पनि सिनेट नबोलाई निर्देशनको अवज्ञा गरेमा उपकुलपतिलाई निलम्बन गरी सहकुलपति (स्वास्थ्यमन्त्री)ले आफै सिनेट बोलाउने सक्ने भएकाले रौनियार संकटमा परेका हुन् । स्रोतका अनुसार मन्त्री यादवले सिनेट बोलाउन दिएको पहिलो पटकको निर्देशन अवज्ञा गरेका रौनियारले सिनेट बैठक मिति पुनर्विचार गरीपाऊँ भनी अनुरोध गरेपछि नै मंसिर १६ गतेका दिन सिनेट बैठक बोलाउन निर्देशन दिएको र योपटक बैठक नबोलाएमा उनलाई निलम्बन गरेर सहकुलपति स्वयम्ले बैठक बोलाउने प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीबीच गोप्य सहमति भएको छ ।
मन्त्री यादवको योपटकको निर्देशन कार्यान्वयन उपकुलपति डा. रौनियारले गर्छन् कि गर्दैनन् ? त्यो हेर्न भने बाँकी छ ।

याे पनि हेर्नुहाेस् ।

भ्रष्टचार र अनियमितताका कारण बीपी प्रतिष्ठान अस्तव्यस्त, उपकुलपति रौनियारलाई हटाउने सरकारको तयारी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ