सर्वोत्कृस्ट सम्पादन २०७५ को पपुलर अवार्ड युबराज खत्रीलाई

सर्वोत्कृस्ट सम्पादन २०७५ को पपुलर अवार्ड युबराज खत्रीलाई

  • मङ्लबार, मंसिर ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

कला क्षेत्रको लामो संघर्ष पछि रेस्पोन्सिभ मिडिया द्वारा आयोजित सागरमाथा म्यूजिक अवार्ड २०७५ मा पप बिधाको “सर्वोत्कृस्ट सम्पादन (Editor ) Papular Award” युबराज खत्रीले जित्न सफल हुनु भएको छ।

सिन्धुपाल्चोक जिल्लाको धुस्कुन -२, हाल त्रिपुरा सुन्दरी -३,निवासी बुवा भक्त बहादुर खत्री र आमा साबित्री कुमारी खत्रीको कोखबाट जन्म लिनुभएका माइलो छोरा हून युबराज खत्री। सामान्य परिवारमा जन्मनु भएका खत्रीको बाल्यकाल धुस्कुनमै  बित्यो। सानै देखि पढाईमा अबल मानिने खत्री श्री महेन्द्र प्रताप मा बी बाट S.L.C. उत्तीर्ण गरी अरनिको कलेज बाट +२ गर्नुभएको हो।

सानै उमेर देखि  कलाकारिता क्षेत्रमा रूचि राख्ने खत्रीले २०६६ सालमा नेपाली इतिहासकै पहिलो पटक थामी भाषाको चलचित्र निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा प्रबेश गर्नु भएको हो। उक्त चलचित्रले सोचेजस्तो प्रतिफल नपाएपनि उहाले गर्नु भएको कामको कदर गर्दै मेरो स्कूल ,दोखांङ, हाम्रो गाउँ जस्ता थुप्रै  चलचित्रहरुमा सह – निर्देशनको काम गर्ने अबसर पाउनुभयो ।

त्यसपछि उहाले टेण्डर नामक नेपाली कथानक चलचित्र निर्देशन गर्नु भयो । उक्त चलचित्रको कथा / सम्पादन समेत खत्री आफैले गर्नु भएको थियो। अहिले उहा निर्देशन , छायांकन  तथा सम्पादन तीन वटै बिधामा निकैनै ब्यस्त हुनुहुन्छ । तपाई यो क्षेत्रमा लागेर कतिको सन्तुस्ट हुनु हुन्छभन्ने प्रश्नमा उहा भन्नु हुन्छ “कतिपय ब्यक्ति लाई गाह्रो  हुनसक्छ तर म सन्तुस्ट छू।  किन भने म मुख्य तीनवटै बिधामा काम गर्छु, कामहरु पाईराखेको छू त्यसैले सन्तुस्ट नै छू। ”

अहिले सम्पादनमा अली ब्यस्त रहनु भएका  खत्रीले लगभग ५०० म्यूजिक भिडियो निर्देशन गर्नु भएको  छ भने ७०० छायांकन र ९०० भन्दा बढी सम्पादन गरी सक्नु भएको छ। त्यस्तै आधा दर्जन चलचित्र छायांकन तथा सम्पादन समेत गरी सक्नु भएको छ। खत्री एक्सन फिल्मस प्रा ली का प्रबन्ध निर्देशक समेत हुन। नेपाली कला जगतलाई उच्च स्तरमा पुर्याउन बिशेष योगदान दिदै आउनु भएका उहाले  सागरमाथा म्यूजिक अवार्ड २०७५ मा पप बिधाको “सर्वोत्कृस्ट सम्पादन (Editor ) Papular Award” जित्न सफल हुनु भएको हो । कला क्षेत्रमा दिइने अवार्डहरुले  हामी कला जगतमा लाग्नेहरूलाई हौसला प्रदान गर्ने बताउनु हुन्छ। साथै आफुलाई अवार्ड प्रदान  गरेकोमा  खुसी ब्यक्त गर्दै आफ्नो कार्य प्रतिको जिम्मेवारी अझै थपिएको र भविष्यमा कला क्षेत्रमा नै आफ्नो जीवन समर्पण गर्ने युबराज खत्री बताउनुहुन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी