उपत्यकाका तीनै जिल्लामा अखिल (क्रान्तिकारी)काे र्याली र कोणसभा, विद्यार्थी नेताहरु भन्छन्ः वैज्ञानिक समाजवादले मात्र दिन्छ निःशुल्क शिक्षा

उपत्यकाका तीनै जिल्लामा अखिल (क्रान्तिकारी)काे र्याली र कोणसभा, विद्यार्थी नेताहरु भन्छन्ः वैज्ञानिक समाजवादले मात्र दिन्छ निःशुल्क शिक्षा

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.5K
    SHARES

काठमाडाैं, ३ मंसिर ।

अखिल (क्रान्तिकारी)ले आज शान्ति काठमाडौंको शान्तिबाटिका प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको आयोजनामा देशभक्त, प्रगतिशील, लोकतान्त्रिक शक्तिहरुसहितको संयुक्त रुपमा यही मंसिर ८ गते हुन गइरहेको विशाल प्रदर्शन तथा जनसभालाई प्रचfरात्मक सहयोग र जानकारी दिने उद्देश्यले प्रदर्शन गरिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

नेकपाले मंसिर ८ गते वर्तमान सरकारले स्वाधीनता कमजोर पारेको, मंहगी र भ्रष्टाचार व्याप्त बनाएको, हत्या, हिंसा, बलात्कारका श्रृंखला रोक्न असफल भएको तथा शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउँदै आइरहेको अवस्थामा पनि संविधानले दिएको अधिकार मिचेर दमन र गिफ्तार अनि झुठा मुद्दा लगाएर फासीवादी हर्कत जारी राखेको विरोधमा विरोध प्रदर्श र जनसभा गर्दैछ ।

अखिल (क्रान्तिकारी) नेकपाको जनवर्गीय संगठन हो । सोमबार दिउँसो सम्पन्न र्यालीपश्चात शान्तिबाटिका आयोजित कोण सभामा बोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकालले सरकार फासीवादी बन्दै गएकोले नागरिक त्यसमा पनि सचेत वर्ग विद्यार्थीले खबरदारी गर्नुको विकल्प नभएको बताए । राज्यले नागरिको मौलिक अधिकार शिक्षालाई नीजि क्षेत्रलाई जिम्मा लगाएर चरम व्यापार गरिरहेको भन्दै आपत्ति जनाए । शिक्षाको नीजिकरण खारेज गरेर राष्टियकरण गर्नुको विकल्प नभएको बताउँदै नेकपाले अघि सारेको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेर शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिने बताए । सबै तहका शिक्षा निःशुल्क गराउन विद्यार्थी संघर्षमा हामफाल्नुपर्ने बताउँदै दलाल संसदीय व्यवस्था रहेसम्म नागरिकले शिक्षामा मंहगो शुल्क तिर्न बाध्य हुने बताए ।

८ गतेको जनसभामा सहभागी भएर दलाल सरकारको विरोध र भण्डफोर गर्न सम्पूर्ण विद्यार्थी र अभिभावकसँग अध्यक्ष ढकालले अपिल गरे । जनसभाको तयारीका लागि अखिल (क्रान्तिकारी)ले उपत्यका कठमाडौं, ललितपुर र भक्तपुरमा प्रचारप्रसार अभियान सम्पन्न गरेको छ । यसैबीच सोमबार दिउँसो ललितपुरको लगनखेलमा र्याली निकालेर कोणसभा गरेको छ । कोणसभामा अखिल (क्रान्तिकारी)का नेताहरुले सरकार दलाल र पुँजीवादीको कब्जामा परेको र शिक्षालाई माफियाको पोल्टामा सुम्पेको बताउँदै त्यसलाई भत्काउन संघर्षमा जुटन विद्यार्थी, अभिभावकसँग आह्वान गरेका छन् ।

त्यस्तै भक्तपुरको कमलविनायकमा अखिल (क्रान्तिकारी)ले आयोजना गरेको कोणसभामा बोल्दै नेकपा केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला ईन्चार्ज आजादले क्रान्तिकारी विद्यार्थीको एकता र संघर्ष देखेर दलाल सरकार आतिएको बताए । छिट्टै यो दलाल सरकारविरुद्ध जनताले संघर्ष छेड्ने बताउँदै एकीकृत जनक्रान्तिको झण्डामुनि गोलबन्द भएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने महाअभियानमा जुटन आजादले अपिल गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी