काठमाडौं, मंसिर ३ ।
पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा नेपाली मौलिकताले प्रश्रय पाउन थालेका छन् । बढ्दो विज्ञान प्रवृधि सँगै नेपाली सांगीतिक क्षेत्रमा विकृति विसंगति पनि बढ्दो छ ।
तर पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई माया गर्ने सर्जक सष्ट्राहरु यस क्षेत्रमा भित्रिएका विकृति विसंगतिलाई हटाई नेपाली मौलिकपनलाई जोगाउन हर पल तल्लिन हुन थालेका छन् ।
यसैको उदाहरण हो “हेर ओइ दैब हेर ” बोलको गीत । गत शुक्रबार मात्र युट्युव मार्फत सार्वजनिक भएको गीत चर्चा बटुल्न सफल भएको छ । अत्यन्तै मार्मिक भाव समेटिएको यस गीतको भावले सबैको मन मुटु छुन सफल भई चर्चा बटुल्दै गएको छ ।
यस गीतमा विगत लामो समय देखि नेपाली लोकदोहीरी गीत संगीतको दुनियामा एक छत्र राज गर्न सफल चर्चित गायिका विष्णु माझीको स्वर रहेको छ भने सांगीतिक दुनियामा उदाउदै गरेका नव गायक विनोद प्रिय श्रेष्ठको सुमधुर स्वर रहेको छ ।

यसै गीत मार्फत उनको पनि चर्चा पनि चुलिदै गएको छ । भावना म्युजिक सोलुसन प्रा.लि को बजार ब्यबस्थापन रहेको उक्त गीतमा मौलिकतामा कलम चलाउने रचनाकार मध्येका एक रचनाकार प्रदीप अधिकारीको शब्द रहको छ ।
यस गीतमा संगीत गीतकार तथता गायक खेम सेन्चुरीको रहेको छ । निर्देशक कपिल लामाले निर्देशन गरेको यस म्युजिक भिडियोमा चर्चित मोडल साया भण्डारी र बिमल अधिकारी फिचरिङ रहेका छन् । उनीहरुको अभिनयलाई दर्शकले अत्यन्तै मन पराएका छन् ।
भिडियोलाई सुरेश श्रेष्ठले छायांकन साथै अमर शाक्यले सम्पादन गरेको यस गीतमा गरिबीको पिडा, सानो र सुखी परिवारमा कसैको आँखा लागेर घर सहित आफ्ना सन्तान जले पछिको पिडा देखाइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।