विश्वमा चर्चित स्टारहरू खाने बस्ने देखि विवाह सम्मकाे बढि नै चर्चा हुने गरेकेा छ । कस्ले कति खर्च गरेर विवाह गरे ? कस्काे कति महङ्गाे कपडा लगाए ? यस्ता कुराकाे चर्चा मात्र हैन समाचार पनि बन्ने गरेका छन् । यस्तै चर्चाकाे बिषय बन्याे बलिउडका सुपरस्टार दीपिका र रणवीर तथा अनुष्का र विराट कोहलीकाे पनि ।
१४ र १५ नोभेम्बरमा इटलीमा यी दुई सुपरस्टारले विवाह गरे । विवाहका लागि छानिएको स्थानदेखि ड्रेससम्मका कुराले उनीहरूको फ्यान चकित परेका छन् । भारतीय मिडियाका अनुसार दीपिकाको लेहेंगाको मूल्य मात्रै करिब १४ लाख तथा उनको औँठीको मूल्य करिब तीन करोड रुपैयाँ रहेको बताइएको छ । उनले रणवीरसँग विवाह गरेकी हुन् ।उनीहरूले विवाह गरेको होटेलको कोठाको एक रातको मूल्य नै करिब ५० हजार रुपैयाँ थियो । जहाँ ७५ वटा कोठा थियो । यसलाई जोडेर हेर्ने हो भने दीपिका र रणवीरले एक दिनको होटेलको भाडा मात्रै ४० लाख रुपैयाँ तिरेका छन् ।
त्यस्तै अर्काे चर्चामा अाउने जाेडि हाे अनुष्का र विराट कोहलीकाे ।क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले गत वर्ष ११ डिसेम्बरमा विवाह गरेका हुन् । उनीहरूले पनि इटलीमै भारतीय परम्पराअनुसार विवाह गरेका थिए । फोब्र्स म्यागजिनका अनुसार क्रिसमस र नयाँ वर्षको समयमा उनीहरूले विवाह गरेको होटेलको मूल्य बढ्ने गरेको छ ।
जब कि एक रातको लागि होटेलको भाडा नै करिब २२ लाख रुपैयाँ रहेको छ । स्पटब्वाई म्यागजिनका अनुसार अनुष्काले औँठी मात्र एक करोड ६० लाख रुपैयाँको लगाएकी थिइन् ।
त्यस्तै अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायको बिहेले पनि निकै चर्चा पाएको थियो । उनीहरूले २० अप्रिल, २००७ मा विवाह गरेका हुन् । निकै तामझामका साथ सम्पन्न भएको बिहेमा दुवैले महँगा कपडा तथा गहना पहिरेका थिए ।
पैसामा कुनै कन्जुस्याइँ भएको थिएन । आजभन्दा ११ वर्षपहिले भएको उक्त विवाहमा करिब १८ करोड रुपैयाँ खर्च भएको बताइन्छ।

