जिसिई’को विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै

जिसिई’को विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै

  • शुक्रबार, कार्तिक ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, कार्तिक ३० ।
शिक्षाका लागि विश्व अभियान (जिसिई) को छैटौँ विश्व सम्मेलन आजदेखि राजधानीमा सुरु हुँदै छ । विश्वभरका शिक्षा अधिकारकर्मीहरूको साझा सञ्जाल (जिसिई) मा एक सयभन्दा बढी देशका दुई सय ५० शिक्षाकर्मी तथा नागरिक समाजका नेतृत्व एवं युवा अभियानकर्मी सम्मिलित हुँदै छन ।

सम्मेलनलाई संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मद, नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

शिक्षाका लागि विश्व अभियानकी अध्यक्ष क्यामिला क्रोसोले विश्व सम्मेलनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व र कार्य्दिशा चयन गर्ने जानकारी दिनुभयो ।

जिसिईका अनुसार विश्वमा २६ करोडभन्दा बढी बालबालिका विद्यालय बाहिर छन। पर्सी आइतबार सम्म चल्ने सम्मेलनले २० देशका ४० युवाको सार्वजनिक शिक्षासम्बन्धी निष्कर्ष समेतलाई अनुमोदन गर्नेछ ।

स्थानीय आयोजकसमेत रहेको राष्ट्रिय अभियान नेपाल (एनसिई)का अध्यक्ष कुमार भट्टराईले विश्व सम्मेलन नेपालमा गर्न पाउनु अवसरको विषय रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी