मलेसियामा कामदारको पारिश्रमिक वृद्धि, न्यूनतम ११ सय रिंगिट

मलेसियामा कामदारको पारिश्रमिक वृद्धि, न्यूनतम ११ सय रिंगिट

  • शनिबार, कार्तिक १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडौं । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ ।

शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् ।

सरकारी घोषणाअनुसार अब कामदारले आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन् ।

हाल कामदारको न्युनतम पारिश्रमिक प्रायद्विप क्षेत्रमा (पेनिन्सुलार मलेसिया) मा मासिक एक हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट कायम छ ।

हाल घोषित नीति पूर्ण रुपमा कार्यान्वयन भएमा नेपालीसहित निजी क्षेत्रमा कार्यरत सबै विदेशी कामदारसमेत लाभान्वित हुनेछन् ।

सरकारले केही महिनाअघि पारिश्रमिकमा बृद्धि गरी आगामी वर्ष जनवरीदेखि लागू हुने गरी एक हजार ५० रिंगिट कायम गरिने जनाएको थियो ।

त्यसपछि कामदारसँग सरोकारवाला विभिन्न संघसंस्थाहरु मलेसियन ट्रेड युनियन कंग्रेस, नेशनल युनियन अफ बैंक ईम्प्लोइज, मलेसिया मुडा, पार्टी सोसियालिस्‌लगायत संस्थाका सयभन्दा बढी प्रतिनिधिहरुले संसद भवन बाहिरसमेत प्रदर्शन गरेका थिए ।

ती मागका सम्बन्धमा मानव संशाधन मन्त्री एम कुला गेसरनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

मन्त्री कुलाले ती मागका सम्बन्धमा अबिलम्ब मन्त्रिपरिषद्‍मा छलफल गरिने वचनबद्धता दिएका थिए । -कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी