काठमाण्डौ ।
प्राविधिक शिक्षा तथा व्यावसाथिक तालिम परिषद् र अखिल (क्रान्तिकारी) बीच भएको वार्तामा पाँच बुदे सहमती भएको छ ।
गत असार २८ गते सिटिईभिटिको वार्ता टोली र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सिटिइभिटी समन्वय समितिबीच प्रस्तु बिभिन्न मागमाथि आज दोस्रो चरणमा भएको वार्ताका क्रममा छलफलपछि पाँच बुदे सहमती भएको हो ।
वैज्ञानिक मापदण्ड निर्माण गरी सरोकारवाला सबै पक्ष बीच व्यापक छलफलपछि मात्रै शुल्क निर्धारण गर्ने र निर्धारित शुल्क भन्दा बढी लिएको पाइएमा अनुगमन गरि नियमानुसार कार्वाहि गर्ने, परिषद्का आंगिक शिक्षालयमा प्रदान गरिने छात्रबृत्ती १५ प्रतिशत पुयाउने र त्यसका लागि निजी शिक्षालयमा छात्रवृत्तिको संख्या वृद्धि गर्न सम्बन्धित सरोकारवालाहरु बीच छलफल गर्ने लयगायत सहमती भएको छ ।
यस्तै मौका परीक्षा सन्चालन गर्ने सम्बन्धमा आवश्यक पहल गर्न एक महिना भित्र सम्वन्धित पक्षलाई समेटेर अध्ययन गरी प्रतिवेदन पेश गर्न परिषद् कार्यलयबाट कार्यटोली गठन गर्ने पनि सहमती भएको छ ।
यसअघि सम्वन्धन स्वीकृति पाएका संस्थाहरुलाई पुनः अनुगमन गर्ने र तोकिएको मापदण्ड पुरा नगरेको भेटिएमा कारवाहीको दायरामा ल्याउने साथै नयाँ सम्वन्धन दिंदा तोकिए बमोजिमको मापदण्ड पुरा नभएमा आवश्यक प्रकृया अगाडि नबढाउने र प्रभावकारी अनुगमन गरी मापदण्ड विपरीत सन्चालित शैक्षिक संस्थाहरुलाई कारवाही दायरामा ल्याउने पनि दुई पक्षबीच सहमती भएको छ ।
यस्ता छन् सहमतीहरु


