आँखामा छाँया सार्वजनिक 

आँखामा छाँया सार्वजनिक 

  • शुक्रबार, अशोज १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

आँखामा छायाँ बोकेर बाँच्नु गार्‍हो त हुन्छ नै, अझ दु:खमा हाँस्नु त मुस्किल मात्र हैन असम्भव जस्तो नै हुन्छ । पीडामा पनि मनभित्र बस्ने भनेको आखिर याद रहेछ ।  जस्तोसुकै दु:खसुखमा आफ्नो बन्ने भनेकै बास्तबमा याद नै हुन्छ। गीतमा यादको बर्णन गरिएको दु:खसुख लुकेको कथा समेटिएको छ ।
आफूसँग अरु केही नभए पनि साथमा याद हुन्छ बाचूँन्जेल मायामा यादले बाँच्न सिकाउने रहेछ । गीतले यस्तै भन्छ किन कि फूलको रूप राम्रो हुन्छ नै त्यसैले झल्कोमा लुक्ने सपना मान्छेहरूमा हुनुपर्छ । सायद यसैले  होला तीन दशकभन्दा बढी साहित्यमा लागेर साहित्यभित्र रमाउने कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर”को रचनामा  गायिका संगीता रायमाझीको सुन्दर आवाजमा बुद्ध सायमीको संगीत/एरेन्जमा, रोशन कुमारको निर्देशनमा दिप गुरुङको छायांकनमा “आँखामा छाँया बोकेर बाँच्नु छ सँधै हाँसेर” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । फरक तरिकामा भिडियो फरक शैलीमा तयारी भएको देख्न सकिन्छ भने चोट पीडाले भरिएको गीत एक पटक सुनेपछि फेरि सुनु सुनु लाग्ने मनभित्र वास बसे जस्तो हुने यस भिडियोको सम्पादन रियान शाहको रहेको छ ।
https://youtu.be/Ww_LJqrRBpw

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी