काठ क्षेत्रलाई ब्युझाउँदै आए सुर्यमणि आचार्य (भिडियो)

काठ क्षेत्रलाई ब्युझाउँदै आए सुर्यमणि आचार्य (भिडियो)

  • सोमवार, अशोज १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

काठमाडौँ । लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका छन् ।
मिलन फिल्मस प्रा.ली. बाट बजारमा आएको उक्त गीतले काठ क्षेत्रको विशेष प्रतिनिधित्व गरेको बताइएको छ ।
गीतमा सुर्यमणि आचार्य, टिका पुन र राज कुमार हुमागाईको स्वर रहेको छ । संकलन, लय सुर्यमणि आचार्य कै रहेको छ भने गीतमा भिमसेन खतिवडा र राज कुमार हुमागाईको शब्द रहेको छ ।
मिलन श्रेष्ठको निर्देशनमा तयार गरिएको उक्त म्युुजिक भिडयोमा सञ्जिब ठकुरी र रिना थापाको विशेष अभिनय रहेको छ ।
गायक आचार्य भन्छन्, काठ क्षेत्रको मौलिकपन जोगाउनका निम्ति कलाकार एवं सर्जकले आफुलाई अनुशासित एवं सभ्य ढंगबाट प्रस्तुत गरिनुपर्छ भन्ने मुल मान्यतालाई आत्मबोध गर्दै ‘ए है काली’ बजारमा ल्याएका छौँ । आशा छ विगतका सांगितक कोशेली झै थप माया, साथ, सहयोग दिनुहनेछ भन्ने अपेक्षा गरेको उनले बताए ।


२०६० सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका आचार्यले ५ दर्ज भन्दा बढि नेपाली लोक दोहोरी गीतमा आफ्नो आवाज दिई सकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी